उदाउदो सूर्यलाई अर्घ दिदै छठपर्व सम्पन्न

(दिव्य रोशनी,धरान)/ उदाउँदै गरेको सूर्यलाई अर्घ दिदै आज विहिवार छठपर्व सम्पन्न भएको छ।
छठ पर्वको मुख्य दिन हिजो बुधबार व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए। आज उदाउदै गरेको सूर्यलाइृ अर्घदिएपछि छठपर्व सम्पन्न भएको हो।
छठपर्वको अवसरमा धरानको सर्दु र सेउती खोलामा ब्रतालु तथा घुम्न जानेको घुँइचो थियो। कार्तिक शुक्ल चतुर्थी देखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व सोमबारदेखि शुरु भएको थियो।
छठ पर्वमा व्रत गरेर सूर्यको पूजा गरे सन्तान सुख प्राप्त हुने र मनोकांक्षा पूरा हुने जनविश्वास छ।

Facebook Notice for EU! You need to login to view and post FB टिप्पणीहरू!