तेस्रो हाम्रो धरान भेट्रान कपः दुहवी भेट्रान विजयी (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ तेस्रो हाम्रो धरान भेट्रान कपको उद्धघाटन खेलमा दुहवी भेट्रान फुटबल क्लव विजयी बनेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा सोमवार धरान रंगशालामा भएको उद्धघाटन खेलमा मिल्स भेट्रान फुटबल क्लव बिराटनगरलाई १ का विरुद्ध ४ गोल गर्दै दुहबी भेट्रान विजयी बनेको हो। खेलमा दु्हवी भेट्रानका लागी रुद्र बहादुर बस्नेतले २ गोल गरेका थिए। उनले खेलको २० र ५० औं मिनेटमा गोल गरेका थिए। यसैगरी दुहवी भेट्रानका लागी सन्तोष कुमारले २६ औं मिनेटमा र श्री नारायण भगतले ३४ आंै मिनेटमा गोल गरेका थिए। त्यस्तै मिल्स भेट्रानका लागी १ मात्र गोल ईन्द्र्र कुमार राईले खेलको ५५ औं मिनेटमा गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच दुहवी भेट्रानका रुद्र बहादुर खड्का घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।


प्रतियोगिताको दोस्रो खेल भोली मंगलबार मेघा भेट्रान र आयोजक हाम्रो धरान भेट्रानका बीच दिनको ठिक ३ः३० बजे हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए। प्रतियोगितामा मिल्स भेट्रान, दुहबी भेट्रान, दुधे भेट्रान, लखनपुर भेट्रान,उर्लाबारी भेट्रान, धरान भेट्रान, मेघा भेट्रान, आयोजक हाम्रो धरान भेट्रान, सिमरा भेट्रान, राजाराजी भेट्रान, हाम्रो ईटहरी भेट्रान र भरौल भेट्रानको सहभागीता रहेको छ। उक्त प्रतियोगिताको बिजेताले ट्रफि सहित १ लाख ५ रुपैया र उपविजेताले ६० हजार ५ रुपैया सहित ट्रफि प्राप्त गर्नेछ । त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचले जनही नगद ३ हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले नगद ४ हजार र प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित मेडल र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।
गत बर्ष हाम्रो ईटहरी भेट्रान क्लब विजेता बनेको थियोभने धरान भेट्रान उपविजेता बनेको थियो।