धरान उत्सव भव्य रुपमा उद्धघाटनः काठमाण्डौका मेयर बालेन पनि सहभागी

दिव्य रोशनी(धरान)/ धरान स्थापना भएको १२३ औं वर्षको अवसरमा शुक्रवार धरान उत्सव भव्य रुपमा उद्धघाटन गरिएको छ।


धरान स्थापनको १२३ औं वर्ष पुगेको अवसरमा शुक्रवार धरान १२ पब्लिक हाईस्कुलको खेलमैदानमा भव्य रुपमा धरान उत्सवको उद्धघाटन गरिएको हो। धरान ९ बगैचालाईनकी १०३ बार्षिया ज्येष्ठ नागरिक चन्द्रमाया कट्वालले पानसमा द्धिप बालेर उत्सवको उद्धघाटन गरेकि थिईन्। उत्सवका प्रमुख आकर्षणको केन्द्र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह पनि विशेष अतिथीका रुपमा उपस्थित रहेका थिए। उनले धरानको श्रम संस्कृति देशमा मात्र नभएर विदेशमा पनि चर्चित भएको बताए। उनले धरानका मेयर साम्पाङको श्रम संस्कृतिलाई ७५३ वटै पालिकाले अनुसरण गर्नुपर्ने समेत जनाए।


यसैगरी उत्सवलाई सम्बोधन गर्दै प्रदेश सांसद रमेश बस्नेतले धरानको विकासका लागी प्रदेश सरकारले खानीपानी अभावलाई पूर्ति गर्नका लागी ४ करोडको बजेट छुट्टाएको बताए। कार्यक्रममा आदिवासी जनजाती महासंघ नगर समन्वय परिषदका अध्यक्ष सुभाष हुक्पा चोङवाङ, पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिना लगायतले धरान उत्सवको सफलताको शुभकामना दिएका थिए। कार्यक्रममा उत्कृष्ट करदाता, खेलाडी, सहयोगी संघसंस्थाहरुलाई सम्मान समेत गरिएको थियो।
कार्यक्रम उद्धघाटन अघि विभिन्न जातीय संघसंस्थाहरुको र्यालीले धरानबजार परिक्रमा समेत गरिएको थियो। धरान स्थापना दिवसको अवसरमा पुष २० गते शुक्रबार उपमहानगरपालिकाले सार्वजनिक विदा समेत दिइएको थियो।
धरान स्थापना दिवसको अवसरमा बिहिबार बिहान ७ बजे हिमालयन पेट्रोल पम्पदेखि तीनकुनेसम्म सरसफाई अभियानको आयोजना गरिएको थियोभने पुष २१ गते बिहान ६ बजे साइक्लिङ र बिहान ११ बजेबाट साहित्यिक सम्मान कार्यक्रम पनि हुनेछ । त्यस्तै पुष २२ गते बिहान ६ बजे वाकाथन हुनेछ भने विद्यालयको खेलकुद प्रतियोगिता र दिउसो २ बजेदेखी लोकदोहोरी सांगितीक कार्यक्रम पनि हुनेछ । त्यस्तै पुष २३ गते बिहान ६ बजे श्रमदाता र्याली र दिउसो १ बजेबाट विभिन्न साँस्कृतिक झाँकी प्रर्दशनी कार्यक्रम पनि हुनेछ। त्यस्तै, उत्सवको अन्तिम दिन पुष २४ गते बिहान ९ बजे लगानी गोष्ठी, दिउसो १ बजे रस्सीतान प्रतियोगिता, ३ बजेदेखी कदरपत्र तथा प्रशंसा कार्यक्रम र उत्सवको समापन कार्यक्रम हुनेछ।


यसैगरी उत्सव अवधिभर मनोरञ्जनात्मक सांगीतिक, साँस्कृतिक कार्यक्रम, स्वास्थ्य जाँच पनि भईरहेको छभने रोटेपिङसहितको बाल मनोरञ्जनका खेलहरु पनि सञ्चालन पनि भईरहेकोे छ। उत्सवस्थलमा ८३ वटा स्टलहरु राखिएको छ। जसमा विभिन्न जातीय परिकार, हस्तकला सामाग्री, पुष्प प्रदर्शनी कृषी सामाग्रीहरुको प्रदर्शनी तथा बिक्री वितरण गरिएको छ।