भेडटारमा २ दिने आधारभूत फोटो पत्रकारिता तालिम शुरुः (भिडियो सहित)

दिव्य रोशनी(धरान)÷ फोटो पत्रकार महासंघ सुनसरीले फोटो पत्रकारिता गर्न चाहने संचारकर्मीहरुलाई २ दिने आधारभूत फोटो पत्रकारिता तालिम शुरु गरेको छ।


होटल बेस क्याम्प भेडेटारमा शुरु भएको २ दिने आधारभूत फोटो पत्रकारिता तालिमको उद्धघाटन बुधवार साँगुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले गरेका छन्। उनले हिजोको दिनमा रिल लगाएर फोटो पत्रकारिता गर्नुपर्ने अवस्था रहेकोमा अहिले डिजिटल प्रविधीबाट फोटो खिचेर मिनेटभरमै संसारभर के भइरहेको छ भन्ने कुराको जानकरी हुने बताए। उनले पर्यटकिय क्षेत्र भेडेटारको सुन्दर फोटो खिचेर संसारभरी प्रचार प्रसार गरिदिन पनि आग्रह गरे।
यसैगरी कार्यक्रममा पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषी राई, क्रियाशिल पत्रकार महिला सुनसरीकी अध्यक्ष मनिता चाम्लिङ, फोटो पत्रकार महासंघ सुनसरीका सल्लाहकारद्धय किशोर राई, रोहीत राई लगायतले तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए।
संघका जिल्ला अध्यक्ष बिकास राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम सचिव शिशिर राईले संचालन गरेका थिए। तालिममा सुनसरीका १५ जना पत्रकारहरुको उपस्थिती रहेको छ। तालिममा अग्रज पत्रकार महेश श्रेष्ठ, जनक ऋषी राई, फोटो पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष बेदराज पौडेल, संचारकर्मी कमल रिमाल लगायतले तालिममा सहजिकरण गरिरहेका छन्।