किरात नया वर्ष ५०८४ को अवसरमा यले दोङ ओपन बास्केटबल प्रतियोगिता हुने

 धरान बास्केटबल संघको आयोजना तथा किरात राई यायोक्खा सुनसरीको सहयोगमा माघ १ किरात संवत ५०८४ को अवसर तेस्रो यलो दोङ थ्री वाइ थ्री खुला महिला पुरुष बास्केटबल प्रतियोगिता ५०८४ हुने भएको छ ।

किरात नया वर्ष ५०८४लाइ भव्यताका साथ स्वागत गर्दै  मनाउनका लागि आयोजित प्रतियोगिता पौष २८ गते धरानको भानुचोकमा हुनेछ । माघ १ गतेलाइ किरातिहरुले किरात संवत (नया वर्ष ) यले दोङको रुपमा मान्दै आइरहेको छ । केहि दिनपछि आउन लागेको माघ १ गते देखि किरात संवत ५०८४ मा प्रवेश गर्नेछ । 

गत दुई वर्ष अघि देखि किरात नया वर्षको अवसरमा बास्केटबल प्रतियोगिताको आयोजना हुँदै आइ रहेको छ । पहिलो सस्करण किराया सुनसरीले आयोजना गरेको थियो भने दोस्रो सस्करणमा भने धरान बास्केटबल संघले अन्तर कलेज महिला बास्केटबल प्रतियोगिताको आयोजना गरेको थियो । किरात नया वर्षलाइ थप भ्व्यता बनाउन यश वर्ष देखि भने खुल्ला महिला पुरुष बास्केटबल प्रतियोगिताको आयोजना गरिएको छ । यस्ले  युवाहरुमा  धार्मिक, सास्कृतिक र आफ्ना पिता पुर्खाले मान्दै आएको परम्पराको विषयमा चेतना वृद्धि  सङ्गै बास्केटबल खेलको बिकाशमा सहयोग पुग्ने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदिलेजानकारी गराए ।  

प्रतियोगिताका महिला पुरुष बिजेताले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपबिजेताले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी एमभिपी अवार्ड बिजेताले नगद दुई हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने  अध्यक्ष सुबेदिले बताए। प्रतियोगितामा धरान सङ्गै धरान आसपासका जिल्ला तथा क्षेत्र बाट करिब दुई दर्जन टिमले सहभागिता जनाउने छ । प्रतियोगितामा प्राबिधिक सहयोग सुनसरी बास्केटबल संघको रहने छ ।