दौड प्रतियोगितामा नविन र छेन्वीमाया प्रथम

दिव्य रोशनी(धरान)/नेपाली कांग्रेसले आयोजना गरेको दौड प्रतियोगितामा नविन तामाङ र छेन्वीमाया राई प्रथम भएका छन् ।
नेपाली कांग्रेसको क्षेत्र नं. १ सुनसरी तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको अवसरमा सुनसरी– १ कांग्रेसले आयोजना गरेको ५ कि.मि. र्दाैड प्रतियोगितामा पुरुषतर्फ धरान १५ का नविन तामाङ प्रथम भएका हुन् । उनले १५.१ मिनेटमा दुरी पार गरेका थिए । त्यसैगरी महिलातर्फ धरान १९ की छेन्वीमाया राई प्रथम भएका छन् । उनले निर्धारित दुरी १९.४६ मिनेटमा पूरा गरेकी थिइन्।
पुरुषतर्फ दोश्रो हुने धरान ५ का प्रशान्त तामाङले १५.१५ मिनेट र तेश्रो स्थान आउन सपल इण्डियन आर्मी समेत रहेका भोजपुर तिवारी भन्ज्याङका पवन राईले १५.४५ मिनेटमा दुरी पार गरेका थिए । त्यसैगरी महिलातर्फ दोश्रो धरान १९ की निक्की नेम्वाङ ले २०.३५ मिनेट र तेश्रो हुने धरान ५ की नानी तामाङले २१.२१ मिनेटमा निर्धारित दुरी पार गरेकी थिइन् । दौडमा सहभागी सबैलाई नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले प्रमाण–पत्र प्रदान गरेका थिए ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षता र धरान रनका अध्यक्ष रमु राईको संयोजकत्वमा भएको प्रतियोगिताको औपचारिक कार्यक्रममा प्रमुख अतिथि प्रदेश महामन्त्री उमेश थापाले मन्तव्य राखेका थिए ।

One thought on “दौड प्रतियोगितामा नविन र छेन्वीमाया प्रथम

टिप्पणीहरू are closed.