शुक्रवार थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टिः १७७ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा शुक्रवार थप ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ७ हजार ८ सय ९० जना डिस्चार्ज भएका छन्भने १ सय ७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ। यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छभने ३ लाख ७४ हजार ८ सय ३६ जना कोरोना संक्रमणमुक्त भएको मंत्रालयले जनाएको छ।

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *