सुवास राई स्मृती सुपर–८ लिगकम नकआउटः धरान १४ फाईनलमा

दिव्य रोशनी(धरान)/ धरान ११ लाई ट्राईब्रेकरमा पराजित गर्दै धरान १४ सुवास राई स्मृति सुपर ८ लिगकम नकआउटको फाईनलमा प्रवेश गरेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा आज शुक्रवार धरान रंगशालामा भएको दोस्रोे सेमिफाईनल खेलमा धरान १४ ले ११ नं वडालाई ४–२ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो। निर्धारित र थप समयसम्म दुबैतर्फबाट २/२ गोल भएपछि खेलको निर्णय ट्राईब्रेकरबाट गरिएको थियो। खेलको छैटौ मिनेटमा धरान १४ का सरोज राईले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिभने ६१ औं मिनेटमा बिनोद राईले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका थिए। यसैगरी खेलको ७५ औं मिनेटमा धरान १४ का सुशान तामाङले आत्मघाती गोल गर्न पुगेका थिएभने खेलको ईन्जुरी समयमा धरान ११ का रिवस मास्केले गोल गर्दै टिमलाई २–२ को बराबरीमा ल्याई पुर्याएका थिए। खेलको ४२ औं मिनेटमा धरान ११ का गोल किपर बिनय श्रेष्ठले रातो कार्ड खादै मैदान बाहिरिएपछि धरान ११ नं वडा १० खेलाडीमा सिमित भएको थियो।
थप १५ मिनेटको समयमा पनि दुबैतर्फबाट थप गोल नभएपछि खेलको निर्णय ट्राईब्रेकरबाट गरिएको थियो। जसमा धरान १४ का तर्फबाट अमोश लिम्बु, विपिन श्रेष्ठ, ईनसन राई र विनोद राईले गोल गरेका थिएभने धरान ११ का तर्फबाट अनिल राई, र बिकु राईले मात्र गोल गर्न सफल रहे। अविनाश जिमी र धिरेन सुब्बाको प्रहार धरान १४ का गोल किपरले बचाउ गरेका थिए। खेलको म्यान अफ दि म्याच धरान १४ का गोलकिपर राजिव खड्का घोषित भए। उनले नगद २ हजार सहित मेडल प्रांप्त गरे। उनलाई धरान ११ का वडाअध्यक्ष लोकेन्द्र फागुले पुरस्कार प्रदान गरे।
आईतवार हुने प्रतियोगिताको फाईनल खेल धरान १४ र धरान १७ का बिच हुने म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए।


सुवास राई स्मृती सुपर–८ लिग कम नकआउट प्रतियोगितामा गोधुली रनिङ कप प्रतियोगीताका उत्कृष्ट ८ टीमहरुको सहभागीता रहेको छ। लीगको ग्रुप “ए” मा धरानको वडा नं १४, ८, ५ र १३ रहेको थियोभने ग्रुप “बि” मा वडा नं ११, १७, ६ र १८ रहेको थियो। प्रतियोगिताका बिजेताले ट्रफि सहित नगद २ लाख ५ सय ५५ रुपैया र उपबिजेताले १ लाख ५ सय ५५ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार सहित मेडल प्राप्त गर्नेछन्भने फाईनल खेलको म्यान अफ द म्याचले नगद ३ हजारका साथमा मेडल प्राप्त गर्नेछन्। त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर , सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही नगद ५ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्ने क्लवका अध्यक्ष अशोक राईले बताए।