धरानका मेयर हर्क साम्पाङका सहकर्मीहरुद्धारा माटो छोएर स्वतन्त्र उम्मेद्धारी घोषणा(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा धरानका मेयर हर्क साम्पाङका सहकर्मीहरुले माटो छोएर स्वतन्त्र उम्मेद्धारी घोषणा गरेका छन्।
आइतबार धरान १६ स्थित गणेशमान चोकमामा आयोजित उम्मेद्धवारी घोषणा कार्यक्रममा सुनसरी क्षेत्र १ बाट प्रतिनिधिसभामा तर्क बहादुर मगर, प्रदेशसभा (क) बाट समिर तामाङ र प्रदेशसभा (ख) बाट हेमचन्द्र राइले उम्मेद्धवारी घोषणा गरेका हुन्। तीनै जनाको उम्मेद्वारी घोषणा धरानका मेयर हर्क साम्पाङको टिमबाट गरिएको हो।
उम्मेद्वार घोषण कार्यक्रममा तीनै जनाले माटो उठाएर उम्मेद्धवारी घोषणा गरेका थिए। उनिहरुले “यो देशको माटो र जनताको सपथ खाएर भन्दछु, म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ” भन्दै उम्मेद्धवारी घोषणा गरेका थिए। उनिहरुले ११ बुँदे संयुक्त घोषणापत्र समेत सार्वजनिक गरेका छन्।११ बुँदे संयुक्त घोषणा पत्रमा उनीहरुले धरान तथा सुनसरी क्षेत्र नं १ मा खानेपानी तथा सिचाईको समस्या दीर्घकालिनरुपमा व्ययवस्थापन गर्ने, स्थानीयस्तरमा उत्पादित कृषि उपजको आधुनिकीकरण गर्दै आयात प्रतिस्थापन तथा आत्मनिर्भरता, कृषिको लागी नीति निर्माण गरी कार्यान्वयन गर्ने पनि प्रतिवद्धता जनाएका छन्।


यस्तै, स्थानीयस्तरमा उत्पादित कृषि उपजको आधुनिकीकरण गर्दै आयत प्रतिस्थापन तथा आत्मनिर्भर, कृषिको लागि नीति निर्माण गरी कार्यान्वयन गर्ने, गरिब तथा भूमिहीन सुकुम्बासीहरुको रोजगार तथा सामाजिक सुरक्षा तथा भूमि व्यवस्थापन गरी जीवनस्तर उकास्ने, पूर्वाधार विकासको निर्माण कार्यमा जनश्रमदान र जनतालाई विकाससँग जोड्ने अवधारणालाई लागू गर्न शैक्षिक पाठ्यक्रममा समावेशको लागि आवश्यक नीति बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ । यस्तै, विभिन्न जातजातिका सांस्कृतिक नाच तथा झाँकीहरुलाई विश्व सम्पदा सूची (युनेस्को) मा सूचीकृत गर्ने र संरक्षण प्रबन्ध गर्ने र सो सम्बन्धमा पर्यटन प्रवद्र्धन गर्ने, सुनसरी जिल्लाका सबै स्थानीय निकायहरु जोड्ने रिङरोड, सडकहरुमध्ये क्षेत्र नं १ धरान, बराहक्षेत्र र रामधुनी क्षेत्रका सडकहरुको स्तरोन्नति, विष्णुपादुका, बराहक्षेत्रमा धार्मिक पर्यटकीय क्षेत्र प्रवद्र्धन गर्न आवश्यक पदमार्ग र सडकहरुको स्तरोन्नति र निर्माण, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, सांसदहरु मन्त्री हुन नपाउने व्यवस्था, राष्ट्रियस्तरको गम्भीर मुद्दाहरुमा विज्ञ र नागरिकहरुसँग परामर्श गरी नागरिकको चाहना बमोजिम धारणा बनाएर सदनसम्म जनभावना पुरयाउने पनि घोषणापत्रमा समेटिएको छ। यसैगरि उनिहरुले राइट टु रिजेक्ट र राइट टु रिकलको व्यवस्था गर्नेलगायत प्रतिवद्धता जनाएका छन्।
कार्यक्रममा स्वतन्त्र नागरिक समाजका अध्यक्ष दत्त लिम्बु उपाध्यक्ष दिनेश राई,सचेत धराने समूहका प्रवक्ता राम लिम्बूले उम्मेदवारहरुलाई शुभकामना दिँदै स्वतन्त्रलाई जिताउन सम्पूर्णमा आग्रह गरेका थिए।

8 thoughts on “धरानका मेयर हर्क साम्पाङका सहकर्मीहरुद्धारा माटो छोएर स्वतन्त्र उम्मेद्धारी घोषणा(भिडियो सहित)

टिप्पणीहरू are closed.