धरानमा “युगको खोजी” सार्वजनिक

दिव्य रोशनी(धरान)/ क्रियाशिल पत्रकार जमुना श्रेष्ठद्वारा लिखित कविता संग्रह “युगको खोजी” सार्वजनिक गरिएको छ।
शनिवार धरान १२ स्थित होटल पूर्वी स्टारमा आयोजित कार्यक्रममा पत्रकार श्रेष्ठको कविता संग्रहलाई प्रमुख अतिथी अखिल नेपाल लेखक संघका केन्द्रिय उपाध्यका सुमित्रा वाङ्देल “चेली”, विशेष अतिथी भाषाविद तथा प्रा.डा. टंक न्योपाने, अग्रज कवि बम देवान तथा प्रगतिशील लेखक संघ प्रदेश नं. १ की अध्यक्ष गीता लेकाली साथै लेखिका स्वयंले सार्वजनिक गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी नेपाल लेखक संघका केन्द्रिय उपाध्यका सुमित्रा वाङ्देल “चेली” ले समाजवादको यात्रामा यस कृतिले सहयोद्धाको भुमिका खेल्ने काम गरेको बताईन्।
यसैगरी विशेष अतिथी भाषाविद प्राडा. टंक न्योपानेले कवि श्रेष्ठको कृतिले समाजलाई सकरात्मक बाटोतर्फ अघि डोर्याएको बताए।
कार्यक्रममा कवि श्रेष्ठको कविता संग्रहको परिचर्चा अग्रज कवि बम देवान र प्रगतिशील लेखक संघ प्रदेश नं. १ की अध्यक्ष गीता लेकालीले गरेका थिए।उनीहरुले कवि श्रोष्ठको कविता संग्रहले वैज्ञाानिक समाजवादको बाटोमा सकरात्मक भई अधि बढ्न सन्देश दिएको बताउँदै लिंगभेद विरुद्ध शान्तिपूर्ण युग बनाउन सकेको बताए।


सो कार्यक्रम बीच कवि श्रेष्ठलाई आयोजक संस्था राष्ट्रिय अनुसन्धान परिषद नेपालले दोसल्ला र सम्मानपत्रद्वारा सम्मान समेत गरेको थियो।
प्रबोध साप्ताहिककी सम्पादक तथा प्रकाशक समेत रहेकी कवि श्रेष्ठले आफ्ना अभिभावकले सिकाएको संस्कार संस्कृतिलाई आत्मसाथ गरे सहि बाटोमा हिड्न सकिने बताईन्। उनले बाल्यकालदेखिको साना साना टुक्राहरु जोडर यस कृतिको जन्म गरेको समेत बताईन्।
कार्यक्रममा अग्रज कवि माधव प्रसाद गोज्याङ्ग्रे, मणि राई गोठाले, हर्कराज चर्मकार, हेनसेन याक्खा,गोपाल मगराती, सुनिल केसी, दिपक पराजुली, साबिता राइ, उमेश कुमार कार्की लगायतले कविता र गजल प्रस्तुत गरेका थिए। कार्यक्रमको बीचमा नेवाः देय दबुका नगर अध्यक्ष मनोहर शाक्यले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए। यसैगरी कार्यक्रममा प्रबोध साप्ताहिक धरानको सम्पादकीयमा थेसिस लेखी एम एड गर्ने मनिषा ठकुरीलाई कदर पत्रद्वारा सम्मान समेत गरिएको थियो।
आयोजक संस्थाका अध्यक्ष केशव वाग्लेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गुफा थुम्की गर्जन त्रैमासिक साहित्यिक पत्रिकाका सम्पादक लम्जेल संघर्षशीलले धन्यवाद ज्ञाापन गरेका थिएभने सो कार्यक्रम डा. खेमराज खनालले संचालन गरेका थिए।
यसैगरी कार्यक्रममा डा. खेमराज खनालको अध्यक्षतामा राष्ट्रिय अनुसन्धान परिषद नेपालको नयाँ कार्यसमिती समेत चयन गरिएको थियो। जसमा समितीको उपाध्यक्षमा अच्युत पराजुली महासचिवमा जमुना श्रेष्ठ, सचिवमा सुमन खतिवडा र कोषाध्यक्षमा लता कार्की रहेका छन्। यसैगरी सदस्यहरुमा गणेश कुमारी राई, दिपक पराजुली,हर्कराज चर्मकार रहेका छन्। यसैगरी सल्लाहकारहरुमा क्रमशः केशव वाग्ले, डा. खालिद हुसैन हक, शरण कुमार राई, लम्जेल संघर्षशिल, बम देवान, मनिता चाम्लिङ अम्बिका शाक्य रहेका छन्।

5 thoughts on “धरानमा “युगको खोजी” सार्वजनिक

टिप्पणीहरू are closed.