शुक्रवार थप ६९५१ जनामा कोरोना संक्रमण पुष्टिः ९६ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा शुक्रवार थप ६ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ५१ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ९ हजार ८ सय ४१ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ७ हजार ४७ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *