कोरोना संक्रमणबाट सुनसरीका पत्रकार चन्द्र न्यौपानेको निधन

दिव्य रोशनी/ कोरोना संक्रमणबाट सुनसरीका पत्रकार चन्द्र न्यौपानेको निधन भएको छ ।
उनको आज बिहान ८ बजेर २५ मिनेटमा विराट शिक्षण अस्पताल विराटनगरमा निधन भएको हो। ५० बर्षीय न्यौपानलाई कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या भएपछि वैैशाख २८ गते विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनि इटहरी स्थित सप्तकोशी एफएमका स्टेसन मेनेजर थिए भने नेपालको निजी रेडियो सञ्चालकहरुको छाता संगठन ब्रोडकास्टिंग एशोसिएशन अफ नेपाल(वान)को अध्यक्ष समेत रहेका थिए।

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *