शुक्रवार थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि, १०१ जनाको मृत्यु

(दिव्य रोशनी)/ नेपालमा शुक्रवार थप ६ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय ५३ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ८ हजार ६ सय ६३ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ४ लाख ७६ हजार १ सय ३० पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ७ हजार ७ सय ३१ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.