शनिवार थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि, ८२४८ जना डिस्चार्ज

(दिव्य रोशनी)/ नेपालमा शनिवार थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या पिसीआर परिक्षणबाट ५ लाख ८५ हजार १ सय र एन्टिजेन परिक्षणबाट १३ हजार १ सय ४ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ८ हजार २ सय ४३ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ४ लाख ८४ हजार ३ सय ७३ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ७ हजार ७ सय ९९ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

2 thoughts on “शनिवार थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि, ८२४८ जना डिस्चार्ज

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *