सुनसरीमा जेठ ३१ सम्म लकडाउन

दिव्य रोशनी(धरान)/  जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ।
यसअघि प्रशासनले जेठ २२ गतेसम्मका लागि लक डाउन गर्ने गरेको निर्णय भोली जेठ २२ गते सकिदै थियो। सुनसरीमा कोरोना संक्रमण दर नरोकिएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पुनः एकसाता थपगरी जेठ ३१ गतेसम्म लक डाउन गर्ने निर्णय गरेको हो।
प्रशासनद्धारा जारी आदेशमा अतिआवश्यक औषधी र स्वास्थ्य सामाग्री तथा इन्धन व्यवसाय सम्बन्धी पसल (पेट्रोल पम्प, ग्याँस सिलिन्डर) बाहेक अन्य सबै पसल व्यवसाय बन्द रहने जनाएको छ। यसको साथै औषधी खरिद र उपचारका लागि बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन, सरकारद्धारा तोकिएको स्वास्थ्य मापदण्ड अनिवार्य प्रयोग गर्न, कुनै पनि स्थानमा भेला, जमघट, पार्टी, भोज, सभा सम्मेलन नगर्न र कोभिडको लक्षण देखिएमा तुरुन्त नजिकका स्वास्थ्य संस्थामा जानका लागि समेत अपिल गरेको छ।
त्यस्तै, सार्वजनिक एवं निजी सवारीको हकमाभने एम्बुलेन्स, दमकल, खानेपानी, इन्धन, स्वास्थ्य, तरकारी, फलफूल, दूग्धजन्य पदार्थ तथा मासुजन्य पदार्थ बोकेका सवारी साधन सञ्चालन हुन पाउने जनाएको छभने तरकारी र फलफुल स्थानिय तहको समन्वयमा उद्योग वाणिज्य संघको सक्रियतामा बिहान ८ बजेसम्म घरघरमा पुर्याउने व्यवस्था गर्न आग्रह गरिएको छ। लकडाउन अवधिमा इन्टरनेट, फोहरमैला व्यवस्थापन, कुरियर तथा डाकसेवा लगायतका साधन सञ्चालन गर्न पाउनेछन। त्यस्तै विवाह, ब्रतबन्ध आयोजनाका लागी बढीमा सात जना सहभागीता हुन पाउने तथा बैबाहिक कार्यक्रममा सहभागिता हुन अन्य जिल्ला जान परेमा स्वास्थ्य मापदण्ड अपनाई व्यानर राखी आवत जावत गर्न पाईने जनाईएको छ।
यसैगरी प्रशासनले मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे एकसय रुपैया, मानिसको आवतजावत रोक लगाईएको अवस्थामा सो को उलंघन गरेमा पटकैपिच्छे दुईसय रुपैया , सवारी साधन चलाएमा दुईपाङ्ग्रे सवारी साधनभए दुईहजार रुपैया र अन्य सवारी साधनभए पाँचहजार रुपैया जरिवाना लगाउन सकिने जनाएको छ। यसैगरी कसैले यो अध्यादेश बमोजिम कुनैकाम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्ष कैद वा पाँच लाख सम्म जरिवाना गर्न सक्ने प्रशासनद्धारा जारी विज्ञप्तीमा जनाईएको छ।

1,049 thoughts on “सुनसरीमा जेठ ३१ सम्म लकडाउन

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *