विजयपुर हस्पिटलमा भोली विहिवारदेखी कोभिड अस्पताल सञ्चालनमा आउने

दिव्य रोशनी (धरान)/ धरान ९ पुतली लाईन स्थित विजयपुर हस्पिटलमा भोली विहिवारदेखी २० बेडको कोभिड अस्पताल सञ्चालनमा आउने भएको छ ।
दैनिक रुपमा कोरोना संक्रमित विरामीको संख्या बढ्न थालेपछि विजयपुर हस्पिटलमा कोभिड अस्पताल बनाउने निर्णय गरिएको हो । देशभरका प्रत्येक अस्पतालहरुलाई २० बेडको कोभिड अस्पताल बनाउन नेपाल सरकारले निर्देशन दिएको थियो। सोही निर्देशन बमोजिम धरान उपमहानगरपालिकाले विजयपुर अस्पतालमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउनका लागि सामाजिक विकास मन्त्रालयमा सहयोग तथा समन्वय गरिदिने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो। यस विषयमा अनौपचारिक रुपमा धरान उपमहानगरपालिका र अस्पतालबिच पटक पटक छलफल बसेको थियो । हिजो मङ्गलबार धरान उपमहानगरपालिकामा २० बेडको कोभिड आशोलेशन कक्ष सञ्चालनमा ल्याउनका लागि लिखित रुपमै निर्णय भएको मेहताले बताउनुभयो ।
विजयपुर अस्पतालका सञ्चालक प्रभाव खतिवडाले २० बेडको कोभिड अस्पताल भोलि (विहीबार)देखि सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । सञ्चालक खतिवडाले भन्नुभयो, ‘२० बेडको आईशोलेशन ल्याउने तयारी अन्तिम चरणमा छ, अहिले धमाधम काम भईरहेको छ, कोरोना संक्रमित विरामीहरु पनि स्टेण्ड बाई अवस्थामा छन्, भोलीबाट सञ्चालनमा आउनेछन्।’

1,711 thoughts on “विजयपुर हस्पिटलमा भोली विहिवारदेखी कोभिड अस्पताल सञ्चालनमा आउने