मंगलवार थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टिः १९६ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा मंगलवार थप ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६ हजार ८ सय ९१ जना डिस्चार्ज भएका छन्भने १ सय ९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ पुगेको छ। यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको छभने ३ लाख ५२ हजार ४ सय १४ जना कोरोना संक्रमणमुक्त भएको मंत्रालयले जनाएको छ।

2 thoughts on “मंगलवार थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टिः १९६ को मृत्यु

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *