अर्थतन्त्रको निती तर्जुमा निजीक्षेत्रलाई पनि सामावेश गर्न व्यावसायीहरुको माग

दिव्य रोशनी(धरान)/ सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले नेपाली अर्थतन्त्रको निती तर्जुमा लगायतका कार्यहरुमा निजीक्षेत्रलाई पनि सामावेश गर्न सरकार संग माग गरेका छन्।
सोमवार संघको ४० औं वार्षिक साधारणसभाको अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले देशको अर्थतन्त्रको मेरुदण्ड भनेकै निजी क्षेत्र भएकाले अर्थतन्त्रको निती नियम तर्जूृमा लगायतका कार्यहरुमा निजीक्षेत्रलाई समेत समावेश गर्नुपर्ने बताए। उनले कोभिड पछि धेरै मुलुकले कर राजस्व प्रणालीमा सुधार गरेको बताउदै मूलुकभित्र प्रशस्त लगानी र व्यावसायको थप विस्तार गर्न नेपालमा पनि आयकर मुल्यअभिवृद्धि कर लगायत राजस्व ऐन समयानुकुल सुधारको आवश्यक रहेको समेत बताए।
सोहीक्रममा अध्यक्ष श्रेष्ठले साना तथा मझौला उद्योगले थोरै लगानीमा धेरै उत्पादन र रोजगारी दिने भएकाले यस्ता उद्योगहरुको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने बताए। साथै उनले महिला उद्यमीहरुलाई प्रोसाहन गर्न क्षमता अभिवृद्धि गर्न सकिने कार्यक्रमहरु ल्याउन संघिय, प्रदेश तथा स्थानिय सरकार समक्ष माग समेत राखे।
यसैगरी कोशी प्रदेशका सांसद रमेश बस्नेतले धरानको खानेपानी आपूर्तिलाई सहज बनाउन प्रदेश सरकारले ४ करोड रुपैया छुट्याएको बताए। उनले कुनैपनि कामको परिणामाले मात्र परिमाण दिने बताउदै पसिना बगाएर मात्रै धरानको खानेपानी आपूर्ति सहज नहुने बताए। उनले भने “मरी मरी दौडिएर पसिना बगाएँ भनेर मात्र हुँदैन त्यो दौडले कति दुरी तय ग¥यो भन्ने कुरा नाप्न सकिए मात्र दौडेको परिणाम निस्कन सक्छ ।”
यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति श्याम पोखरेलले संसारमा कहीँ नभएको शासककै रूपमा मेयर हर्क साम्पाङले आफूलाई चिनाएको बताए ।उनले “युट्युबमा भाइरल भएर, फेसबुकमा स्ट्याटस लेखेर मात्र धरानको भौतिक विकास नहुने बताउदै विकासको कार्य गर्न विवेकवान, विधि, प्रक्रिया, ऐन कानुन अनुसार सहकार्य गर्न पनि जरुरी रहेको बताए।
कार्यक्रममा विगतका वर्षहरुमा झै यसवर्षपनि संघले धरानका २ पत्रकार सहित २ युवा उद्योगी एवं व्यवसायीलाई सम्मानित तथा पुरस्कृत गरेको थियो।
सम्मानित हुनेहरुमा अग्रज पत्रकार हर्ष सुब्बा र ब्लाष्ट टाइम्स’ दैनिकका खिलानाथ विश्वकर्मा रहेका छन् । यसैगरी संघले युवा उद्योगी अनिल अग्रवाल ‘प्रिन्स’ र युवा व्यवसायी सुनिल श्रेष्ठलाई पनि सम्मान गरेको थियो।