डिपो स्कुलले ६१ औ वार्षिक उत्सव मनायो

दिव्य रोशनी(धरान)/ धरान १८ स्थित डिपो स्कुलले आफ्नो ६१ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ।
सोमवार आयोजित ६१ औ स्थापना दिवसको अवसरमा विद्यालयले उत्कृष्ट छात्रछात्रालाई सम्मान एवं छात्रवृति समेत प्रदान गरेको छ । विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. प्रल्हाद कार्किको प्रमुख आतिथ्यमा सम्पन्न उत्सवमा विभिन्न स्टलहरु वनाएर विद्यार्थी आफैले निर्माण गरेका विज्ञान, प्रविधि, हस्तकला, पुराना तस्विरहरु प्रर्दशन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक नृत्य प्रस्तुत गर्दै अतिथीहरुलाई मनोरञ्जन समेत गराएका थिए । कार्यक्रममा डिपो आर्दश वहुमुखि क्याम्पसका प्रमुख राजकुमार राईले क्याम्पसका उपलव्धि तथा आगामि कार्ययोजना बारे प्रकाश पारेका थिए।