शुक्रवार थप २२९९ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

(दिव्य रोशनी)/ नेपालमा शुक्रवार थप २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या पिसीआर परिक्षणबाट ६ लाख ४२ हजार ५३ र एन्टिजेन परिक्षणबाट ३६ हजार ७ सय ५५ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ हजार ४ सय ५१ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ६ लाख ३६ हजार पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ९ हजार १ सय ७९ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

6,380 thoughts on “शुक्रवार थप २२९९ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु