१२३औ धरान डे वास्केटवलःडिपोट, लोटस, होलिल्याण्ड र सियोन सेमिफाइनल प्रवेश

१२३ औ धरान डेको अवसरमा सोमवार देखि आयोजित इन्टर स्कुल छात्र छात्रा थ्री वाइ थ्री बास्केटबल प्रतियोगितामा पुरुष तर्फ डिपोट, लोटस, होलिल्याण्ड र सियोन सेमिफाइनल प्रवेश गरेका छन भने महिला तर्फ नवज्योति र होलिल्याण्ड स्कुल फाइनलमा भिड्ने भएका छन ।
        धरान उपमहानगरपालिकाको आयोजना तथा धरान बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित दुई दिने बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा डिपोट ए टिमले विष्णु ए टिमलाई ११–१०, सियोन स्कुलले होलिल्याण्ड ए लाई १५–८, होलिल्याण्ड विले डिपो वि टिमलाई ८–४ र लोटसले नवज्योति ए टिमलाई ८–० अंकको अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन ।
    यसै गरि महिला तर्फ सेमिफाइनल खेलमा  नवज्योति स्कुलले आइडल स्कुललाई ३–०  अंकले पराजित गर्दै फइनल प्रवेश गरे भने होलिल्याड स्कुललाई डिपो स्कुलले वाकओभर दिए पछि होलिल्याण्ड सोझै फाइनल प्रवेश गरेका हुन । यशि शुक्रवार देखि सुरु भएको धरान डेको अवसरमा आयोजित वास्केटवल प्रतियोगिताको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, कार्यक्रम सभाध्यक्ष धरान १६ न. वडाका वडाध्यक्ष मुरारि भट्टराई, विशेष अतिथि धरान १८ वडाध्यक्ष प्रविण राई लगायतले रेफ्रिलाइ वल हस्तान्तरण गरेर गरेका थिए ।
        प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ  १९ टिमले सहभागिता जनाएका छन । पुस २३ र २४ गते सम्पन्न हुने प्रतियोगिताका महिला र पुरुष बिजेताले नगद ५ हजार, उपबिजेताले नगद २ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि प्रतियोगिताका एमभिपी (उत्कृष्ट खेलाडी) अवार्ड बिजेताले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।  प्रतियोगिताको सम्पुर्ण खेल इन्डोर बास्केटबल कोर्ट धरान रंगशालामा हुनेछ ।  धरान उपमहानगरले पुस २० गते देखि २४ गते सम्म धरान उत्सवको आयोजना गरि मनाइरहेको छ । कार्यक्रमको उद्धघाटन कार्यक्रममा धरान ११ न. वडाध्यक्ष लोकेन्द्र फागो, धरान उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गणेश खतिवडा, किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, धरान उत्सव विद्यालय कार्यक्रम उपसंयोजक इन्द्रमोहन झा लगयतको उपस्थिति रहेको थियो ।