आईतवार थप ७९१४ जनामा कोरोना संक्रमण पुष्टिः १९३ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा आईतवार थप ७ हजार ९ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ७ हजार ९ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ७ हजार ६ सय ६४ जना डिस्चार्ज भएका छन्भने १ सय ९३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ३ सय ४६ पुगेको छ। यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १३ हजार २ सय ४१ पुगेको छभने ३ लाख ९१ हजार ३ सय ४८ जना कोरोना संक्रमणमुक्त भएको मंत्रालयले जनाएको छ।

2,878 thoughts on “आईतवार थप ७९१४ जनामा कोरोना संक्रमण पुष्टिः १९३ को मृत्यु