सोमवार थप ७२२० जनामा कोरोना संक्रमण पुष्टिः १८५ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा सोमवार थप ७ हजार २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ७ हजार २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ७ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन्भने १ सय ८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ५ सय ३१ पुगेको छ। यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको छभने ३ लाख ९८ हजार ४ सय ३ जना कोरोना संक्रमणमुक्त भएको मंत्रालयले जनाएको छ।

1,593 thoughts on “सोमवार थप ७२२० जनामा कोरोना संक्रमण पुष्टिः १८५ को मृत्यु