धरानमा लघु चलचित्र “द रेड मुन” को शुभमुर्हत

दिव्य रोशनी(धरान)/ थिएटर सहाराको प्रस्तुती रहेको “द रेड मुन” नामक लघु चलचित्रको आज शनिबार बिहान शुभमुर्हत गरिएको छ।
नेकपा माओवादीको १० वर्षे जनयुद्धकालमा सरकार र तत्कालिन विद्रोहीको चेपुवामा परेका सर्वसाधारणको जिवन भोगाईमा आधारित लघु चलचित्र “द रेडमुन” को आज धरान १४ स्थित पञ्चकन्या मन्दिर परिसरमा शुभमुर्हत गरिएको हो । कार्यक्रममा संघीय सांसद जयकुमार राईले क्ल्याप गर्दै चलचित्रको शुभमुर्हत गरेका थिएभने नेपाल चलचित्रकर्मी महासंघका १ नम्बर प्रदेश अध्यक्ष अरुणकुमार प्रधानले निर्देशन गरेका थिए। चलचित्रको मुर्हत सिनमा कलाकार आरोही श्रेष्ठले अभिनय गरेकी थिइन् ।


यो लघु चलचित्रको निर्देशकमा रविन श्रेष्ठ, निर्मातामा नविन मेन्याङवो रहेका छन्भने छायांकनमा लुज सिंह रहेका छन्। चलचित्रमा प्रेम सुब्बा, तुलसा थापा, आरोही श्रेष्ठ (बाल कलाकार), कैलाश कार्की, विजय सुब्बा, हिमाल दाहाल, तिर्थराज राई, विशाल श्रेष्ठ, एकराज सुब्बा, सानुराजा सुब्बा, सन्तोष काफ्ले लगायत कलाकारहरु रहेका छन् ।
निर्माता नविन मेन्याङ्वोले यस लघु चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिवललाई लक्षित गरि निर्माण गरिएको बताए। उनका अनुसार यस चलचित्रले द्वन्द्वको बेला गाउँका मानिसहरुले भोगेको पीडालाई प्रस्तुत गर्नेछ। १५ देखि २० मिनेटको अवधी रहने यस लघु चलचित्रको छायांकन धरानभरी गरिने निर्माता मेन्याङ्वोले जानकारी दिए।

1,459 thoughts on “धरानमा लघु चलचित्र “द रेड मुन” को शुभमुर्हत