बलात्कार र यौन हिंसा
रोशन श्रेष्ठ“बेरी”/
बलात्कारको उत्पादनमा परिवेशको सबैभन्दा ठुलो भूमिका हुन्छ। परिवेश निर्माणमा तत्कालिन सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनैतिक पक्षको सहभागितालाई नकार्न सकिंदैन। वि.सं.२००७ सालदेखि अहिलेसम्मको अवस्थालाई केलाउने होभने नेपालमा बारम्बार राजनैतिक परिवर्तन भएको इतिहास छ। तर सामाजिक तथा सांस्कृतिक रुपान्तरणको जगसम्म हालेको देखिन्न। त्यसैले बलात्कारको मनोविज्ञानमा आधारभुत अन्तर आएको छैन। चाहे त्यो पञ्चायतकालमा भएको हो वा बहुदलीय वा गणतान्त्रिककालमा। फरक कहाँ देखिन्छभने हिजोसम्म जुन कुरालाई प्रकाशमा ल्याउन कठिन थियो। त्यो आज सञ्चार क्षेत्रमा भएको क्रान्तिले सहजै पुर्याएको छ।
यति हुँदाहुँदै पनि बालिका बेचविखन, यौन हिंसा, बलात्कार, बाल विवाह, भु्रण हत्या तथा अपहरण जस्ता आपराधिक केही हदसम्म कानुनले छेकबार लगाएपनि संख्यात्मक रुपमा कमी आउनुभन्दा झन् दिनानुदिन वृद्धि भैरहेको देख्दा बलात्कारीलाई मृत्यु दण्डको माग उठ्न थालेको हो। जहिलेपनि एक अर्कामाथि आरोपप्रत्यारोपमा व्यस्त विभिन्न विपरित धु्रवका सांसदले हालै एकै मञ्चबाट मृत्यु दण्डको माग गर्दा परिस्थिति कतिसम्म गम्भिर भैसकेका रहेछन् भन्ने कुराको संकेत हो यो।
अहिले घरेलु हिंसा विरुद्ध कानुन छ। बलात्कार विरुद्ध हदम्याद बढेको छ। धेरै जिल्लामा सुरक्षा गृह, अस्पतालमा एकद्वार संकट प्रणालीको व्यवस्था भएको छ। महिलाका विशेष घटनालाई सम्वेदशील तरिकाले फाष्टट्रयाक प्रयोग गरेर फैसला पनि भएको छ। यति हुँदाहुँदै पनि त्रासदि भने रोकिएको छैन। बलात्कारका घटना कम भएका छन्, नत बलात्कृतले न्याय प्राप्त गर्न सहज छ। आखिर यस्तो किन भएको छ? बहस हुनुपर्छ। कुनै व्यक्तिमाथी अर्को व्यक्तिले शारिरीक, मानसिक, यौनिक वा अन्य कुनैपनि प्रकारको हिंसा कतिबेला गर्न सक्छ भन्ने बुझेपछि बलात्कारको त्रासदि किन निरन्तर छ भन्ने जान्न सकिन्छ। त्यसपछि यो त्रासदिको निवारण प्रेस विज्ञप्ति वा फेसबुके भित्ता रंगाईले मात्र सम्भव छैन। गहिरो प्रतिवद्धता चाहिन्छ भन्नेमा प्रष्ट हुन सकिन्छ।
समाजमा विभिन्न मुल्य मान्यताका आधारमा पुरुषलाई अत्यन्तै शक्तिवान बनाईएको छ। महिलामाथी हिंसा पुरुषद्वारा धेरै भएको छ। महिला र पुरुषको यौनिकतालाई हेर्ने दृष्टिकोण विभेदपुर्ण छ। महिलाको शरीर अरुको अधिनमा रहनु पर्छ भन्ने मानिन्छ। देश चलाउनेहरुदेखि लिएर घरका मालिक मानिनेको बोली र व्यवहारले त्यसलाई पुष्टि गर्छ।
धेरै बच्चा, महिलाहरुमा यस्ता हिंसा हुनु स्वभाविक हो भन्ने मानसिकताले हुर्किएका छन्। कठिन परिस्थितिमा रहेकाहरुले माया भनेकै नियन्त्रण हो की भनि बुझ्ने स्थिति छ। माया, सहि सोंच र बाटो देखाउन नअहिलेको शिक्षा सक्षम छ,नत समाज नै। यौन आधारभुत आवश्यकता हो। यौन चाहना विकासक्रमको कडि हो। पश्चिमा मनोविज्ञ अब्राहम मास्लोले मानिसको पहिलो आवश्यकताको रुपमा खाना, नाना र छाना जस्ता कुरालाई राखेका छन्भने दोस्रो आवश्यकतामा यौन। अरु आवश्यकता समाजमा पाउने माया र सम्मान हुन्। मानिसलाई मेरो यो समाजमा मुल्य छ, मैले केही गर्न सक्छु भन्ने विश्वास हनुका साथै आफुले गरको काममा सन्तुष्ट हुन पाउने वातावरण चाहिन्छ।
अहिलेको हाम्रो समाजमा दुइवटा स्थितिले निर्देशित छ। पहिलो शक्तिवान, खासगरि सत्तामा रहेकाको दम्भ हो। उनीहरुमा मैले जे गरेपनि हुन्छ भन्ने बुझाइ छ। दोस्रो सामाजिक घरको सत्तामा रहेका व्यक्ति हुन्। जसमा महिलालाई हामीले जे गरेपनि हुन्छ भन्ने मानसिकता छ। यस्तो समाजमा मानिसले न माया पाउन सक्छ, नत सहि सोंच्न। यसबाट महिला, पुरुष सबै पीडित हुन्छन्। त्यस्ता व्यक्ति कहिल्यै सन्तुष्ट हुन सक्दैनन्। विभिन्नखाले कुण्ठाबाट ग्रसित हुन पुग्छन्। यौनबारे खुलेर कुरा गर्नु, यौनलाई मर्यादित परिधीमा राखेर बुझ्नु, मानविय यौनिकतालाई उसको व्यक्तित्व विकास, सृजनशिलतासँग जोडेर हेर्नुलाई अपराध मानिने समाजमा यौन दुव्र्यवहार, यौन हिंसा हुने गर्छन्। मानसिक रुपले स्वस्थ व्यक्ति अर्कालाई पीडा दिएर आफु खुशी हुन सक्दैन। मानसिक रुपमा विक्षिप्त व्यक्तिहरु मात्रै अरुको पीडामा रमाउन सक्छन्। यो विभिन्न अनुसन्धानमा आधारित सत्य हो। हाम्रो समाजमा के त्यस्ता तत्व छन्। जसले एउटा ठुलो जनसंख्यालाई मानसिक विक्षिप्तताको अवस्थामा पुर्याईरहेका छन् भनेर हेर्नुपर्छ। ८० प्रतिशतभन्दा बढि महिला घरेलु हिंसाबाट पीडित छन्। पीडा दिने घरकै सदस्य छन्। बलात्कार घटना बढ्दो छ। बलात्कार गर्ने सबैभन्दा बढी घरकै सदस्य र छिमेकी छन्। छोरी बाबुबाट बलात्कृत हुन्छिन्। भाउजु देवरबाट बलात्कृत हुन्छिन्। ४ वर्षिया बालिका, १४ वर्षिय केटाबाट बलात्कृत हुन्छिन्। यस्ता थुप्रै बलात्कारका घटना छन् जुन नगन्य छन्। सबैभन्दा सुरक्षित ठाउँ आफ्नो घर र आफ्नो समाज हुनु पर्ने हो तर त्यही ठाउँ सबैभन्दा असुरक्षित भएका छन्। यस्तो किन भएको छ? किन हुँदैछ? यिनलाई कसरी माया सम्मानले भरिएको ठाउँमा परिणत गर्ने? अहिले हाम्रो अगाडी सबैभन्दा ठुलो हाँक यही हो।
सरकारले बलात्कारको घटनामा मिलापत्र गर्नेलाई अधिकतम ३ वर्षसम्मको कैद सजाय र जरिवानाको व्यवस्था गर्नेगरि अध्यादेश ल्याएको छ। बलात्कार सम्बन्धी कानुनलाई कडा पार्नका लागि सरकारले अध्यादेश जारि गरेको हो।देशमा दैनिक जसो बलात्कार हुने गरेको घटना सार्वजनिक भैरहेपछि सरकारले अध्यादेश मार्फत् नयाँ व्यवस्था गरेको हो। कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालयका अनुसार राष्ट्रले प्रमाणिकरण गरेपछि अध्यादेश लागु भएको छ।यस्तै बलात्कारीलाई जन्मकैदको व्यवस्था अविलम्ब गर्नुपर्छ। समाज दिएको असिमित शक्तिको कारण “शक्तिवान” भएको समुहले यथार्थ आत्मबोध गर्दै आफु परिवर्तन हुने र अरुमा परिवर्नत ल्याउने अभियान थालनी गर्नुपर्छ। समाजमा पाखा लगाईएका समुहलाई अगाडी बढाउनु पर्छ र सारभुत समानताको सिद्धान्तलाई व्यवहारमा पालना गर्नुपर्छ। महिलाको शरीर पुरुषको नियन्त्रणमा हुनुपर्छ भन्ने जस्ता गलत सोचाई परिवर्तन हुनुपर्छ। छोरा र छोरीलाई विभेदपुर्ण तरिकाले हुर्काउने, बिहे गर्दा होस् या अन्य कार्यमा पुरुष ठुलो हुनुपर्छ भन्ने मान्यता बदल्न जरुरी छ।
अन्त्यमा, बलात्कार विश्वव्यापी महारोग हो। जसलाई विभिन्न राष्ट्रहरुले विविध ढंगबाट नियन्त्रण गर्ने प्रयास गरेका छन्भने कतिपयले बलात्कारलाई बढावा दिने नियम बनाएका छन्। अर्थात् बलात्कृत महिलासँग बिहे गरेमा उसलाई आममाफी दिईन्छ, त्यस्तै कतिपयमा महिलाले माफ गरेमा माफी दिईन्छ। तर कम्युनिष्ट चीन र उत्तर कोरिया लगायत मुश्लिम राष्ट्रहरुले बलात्कारीलाई मृत्यु दण्ड दिने गरेका छन्। भारतमाभने तजबिजको आधारमा मृत्यु दण्ड दिने चलन छ। यस्तो परिस्थितिमा नेपालमा हाल चर्चामा रहेको मृत्यु दण्ड कति व्यवहारिक होला भन्ने सन्दर्भमा सोच्नुपर्ने बेला आएको छ। तर बलात्कार जस्ता जघन्य अपराध गर्नेहरु मन्त्री र नेताहरुलाई कानुनले नबाँधेसम्म बलात्कारको राजशास्त्रले निरन्तरता पाईरहनेछ।
(धरान–१६ निवासी लेखक बेरी समसामयिक विषयमा कलम चलाउने गर्दछन्। साभारः दिव्य रोशनी साप्ताहिक वर्ष १६ अंक २४ बाट)

It was first approved by the FDA in 2004 and initially marketed by Forest Laboratories cbd and viagra together atacand can celexa help with mood swings The Socialist government in France, meanwhile, sees its popularity continue to decline
Pingback: mushroom dispensary sacramento