नृत्यमा अब्बल बन्दै करिस्ता

दिव्य रोशनी(धरान)/ “हुने बिरुवाको चिल्लो पात” भनेझैं सानैमा उमेरदेखि नृत्यमा खुबै रुची राख्ने करिश्ता राई धरानमा हुने हरेक नृत्य प्रतियोगितामा सहभागी हँुदैं उपाधी समेत जित्दै आएकि छिन्।
धरान १९ निवासी करिस्ता स्थानीय आवरहोम ई. बोर्डिङ् स्कुल कक्षा ९ मा अध्ययनरत छिन्। स्व.तिलक राई र कल्पना राईको पहिलो संन्तानको रुपमा जन्मिएका नृत्यमा रुची राख्ने करिस्ता स्कुलमा आयोजना हुने अधिकांश सांस्कृतिक कार्यक्रममा नियमित सहभागिता जनाएर पुरस्कार पनि जित्दै आएकी छिन्। करिश्ताले आफुमा भएको नृत्यप्रतिभालाई अझ निखार्न विगत ४ वर्षदेखि धरानको चर्चित डान्स सेन्टर युनाईटेड डान्स एकेडेमी धरानमा नृत्य प्रशिक्षण समेत लिंदै आएकी छिन्।
करिस्ताले धरानका विभिन्न स्थानमा हुने नृत्य प्रतियोगितामा आफुलाई अब्बल सावित गर्दै खाली हात फर्कन भने परेको छैन। उनले युनाईटेड डान्स एकेडेमीको गतवर्ष भएको “स्कुल स्कुलमा एकल नृत्य प्रतियोगिता सिजन ५” मा बिजेता बन्दै नगद १ लाख र क्राउन समेत हात पार्न सफल भएकी थिईन्। यसैगरी उनले गतवर्ष नै सुनसरी उद्योग वाणिज्य संघद्वारा आयोजित “प्रादेशिक औद्योगिक व्यापार मेला २०७६”मा आयोजित “स्कुल डान्स आईडल”मा तेश्राो हँुदै नगद १५ हजार समेत प्राप्त गरेकि थिईन्भने नेपाल तामाङ घेदुङ संघ धरान सुनसरीद्वारा आयोजित पर्यटन तथा सांस्कृतिक मेलामा आयोजित “सेलो नृत्य” प्रतियोगितामा दोश्राो स्थान प्राप्त गर्न सफल भएकी थिईन्।


यसैगरी करिस्ताले गतवर्ष धरानमा छायांकन भएको नेपाली चलचित्र “यो समाज” को आँखैमा गाजलुु…” बोलको गीतमा कोरस डान्सको भूमिका समेत निर्वाह गरिसकेकी छिन्।
नृत्य क्षेत्रमा भविष्य खोज्न संघर्षरत करिस्ता बुवा आमाकै प्रेरणाले आफु यो क्षेत्रमा लागिपरेको बताउँछिन्।उनको भविष्यमा चर्चित कलाकार बन्ने चाहना रहेको छ।पछिल्लोपटक उनी स्टार स्टुडियो प्राली पोखराको स्थापनाको चौथो स्थापना दिवसको अवसरमा आयोजित देशव्यापी अनलाईन नृत्य प्रतियोगिता “स्टार्स खुल्ला एकल नृत्य प्रतियोगिता २०७७” मा सहभागी भई मुन राउण्डमा प्रवेश गरिसकेकी छिन्।
उनले आफुलाई विजयी बनाउन स्टार स्टुडियो प्रालीको फेसबुक पेजमा रहेको आफ्नो नृत्य भिडीयोलाई लाईक र सेयर गर्न आग्रह समेत गरेकी छिन्।
(साभारः दिव्य रोशनी साप्ताहिक वर्ष १६ अंक २४ बाट)
भिडीयो हेर्न तलको लिंक थिच्नु होस् ।

https://www.facebook.com/starsstudionepal/videos/735478190377833

1,265 thoughts on “नृत्यमा अब्बल बन्दै करिस्ता

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *