एसडिएस रक गार्डेन निमार्णमा आर्थिक सहयोग

दिव्य रोशनी(धरान)/ सचेत धराने समूहद्धारा निर्माण हुँदै गरेको रक गार्डेनमा बाल उद्यानका लागी धरान युके समाजले आर्थिक सहयोग गरेको छ।
शनिवार गार्डेन परिसरमा आयोजित एक कार्यक्रमका बिच समाजका निवर्तमान अध्यक्ष किरण कुमार सुब्बाले सचेत धराने समूहका कोषाध्यक्ष राम कुमार मोक्तानलाई नगद ३ लाख हस्तान्तरण गरेका थिए।
रक गार्डेनमा निर्माण हुन लागेको बाल उद्यानका लागी करिब ८ देखी १० लाख खर्च लाग्ने बताईएको छ। सो बाल उद्यान निर्माण गर्ने जिम्मा धरान युके समाजले लिएको छ। जस अनुसार शनिवार समाजले पहिलो किस्ता बापत नगद ३ लाख प्रदान गरेको हो। यसैगरी सोही कार्यक्रम बिच सम्मान ईन्जिनियरिङ लि. को तर्फबाट पनि गार्डेनमा निर्माण भईरहेको पोखरीका लागी नगद २ लाख ५० हजारको चेक प्रदान गरिएको छ।
कार्यक्रममा हङकङ युके समाजका निवर्तमान अध्यक्ष किरण कुमार सुब्बाले धरानको विकासमा सचेत धराने समूहको जोश र जागर देखेर समाजले सानो सहयोग गरेको बताए। उनले सचेत धराने समूहको उदेश्य प्राप्तीमा सानो सहयोग गर्न पाउँदा आफुहरुलाई खुसी लागेको समेत बताए।
यसैगरी सचेत धराने समूहका अध्यक्ष निरज लिम्बुले सचेत धराने समूहले गरेको कार्यमा सबै धरानवासीहरुले आएर चासो दिन र सकेको सहयोग गर्न पनि आग्रह गरे।(दिव्य रोशनी साप्ताहिकबाट साभार)

One thought on “एसडिएस रक गार्डेन निमार्णमा आर्थिक सहयोग

टिप्पणीहरू are closed.