भिजन फिटनेसको उपाधी रमेशलाई

दिव्य रोशनी(धरान)/ धरान उपमहानगरपालिका स्तरिय पाचौ मिस्टर भिजन शारिरिक सुगठन प्रतियोगिताको उपाधि आयोजक भिजन फिटनेसका रमेश फोम्बोले जितेका छन्।
भिजन फिटनेसको आयोजनामा शनिवार धरान १३ स्थित धरान वेन्क्वेट पार्टि प्यालेसमा सम्पन्न प्रतियोगिताको फाइनल चरणमा तिन जना प्रतिश्पर्धिलाई पछि पार्दै फोम्वोले उपाधि जितेका हुन। फोम्वो ६० तौल समुहका विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका थिए। उनले उपाधि संगै नगद पचास हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे।
यसैगरी प्रतियोगितामा एनि टाइम फिटनेसका उमेश राई दोस्रो बने। उनि ७५ केजि तौल समुह विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । उनले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरि धरान व्यामशालाका अनुप लिम्वु तेस्रो बने। उनी ५५ केजि तौल समुह बाट विजेता हुदै फाइनल चरणमा प्रवेश गरेका थिएभने झुनाज फिटनेसका सागर लिम्वु चौथो भए। उनी ६५ केजि तौल समुह विजेता बन्दै फाइनल चरणमा प्रवेश गरेका थिए। उनिहरुले क्रमशः जनहि १५ हजार र १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे।
यसैगरी प्रतियोगिताको व्यक्तिगत उपाधि तर्फ वेस्ट पोजरको उपाधि एनिटाइम फिटनेसका उमेश राई, मोस्ट इम्प्रुभमेन्टको उपाधि भिजन फिटनेसका विनोदकुमार नेपाली, वेस्ट मस्कुलरको उपाधि धरान फिटनेस क्लवका सन्तोष विश्वकर्मा र वेस्ट टिमको उपाधि आयोजक भिजन फिटनेसले जितेका छन्। उनिहरुलाई जनहि नगद ५ हजार ससिहत ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा ५५, ६०, ६५ र ७५ केजि तौल समुह वाट १८ जना खेलाडिहरुले प्रतिश्पर्धा गरेका थिए ।
भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठको सभाध्यक्षमा सम्पन्न प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगदरपालिकाका उपमेयर अइन्द्रविक्रम वेघा, धरान १६ नं वडा अध्यक्ष मुरारि भट्टराई, १ नं वडाध्यक्ष यज्ञमणि आचार्य, १० नं वडाध्यक्ष विवेक राई, नेपाल फोटो पत्रकार महासंघ, सनुसरी अध्यक्ष विकास चाम्लिङ राई, अग्रज पत्रकार महेश श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा मुख्य निर्णायकमा हरि धिमाल, कविरभगत प्रधानाङ्ग, इश्वरलाल उदास, नवनित प्रधान र सिता राई श्रेष्ठ रहेका थिए।(दिव्य रोशनी साप्ताहिकबाट)