मधेसी सेवा समाजको अध्यक्षमा महेन्द्र (भिडियो सहित)

मधेसी सेवा समाज (मसेस) को तेस्रो बार्षिक साधारणसभाले महेन्द्र दत्त कायस्थको नेतृत्वमा नयाँ कार्यसमिती गठन गरेको छ।
शनिवार सम्पन्न समाजको साधारणसभाले महेन्द्र दत्त कायस्थको नेतृत्वमा नयाँ कार्यसमिती गठन गरेको हो। समितीको उपाध्यक्षमा उपेन्द्र प्रसाद साह, सचिवमा डा.श्रीराम साह, सह सचीवमा मनोज साह हलुवाई, कोषअध्यक्षमा पुष्पा जयसवाल रहेकि छिन । यसैगरी सदस्यहरुमा डा. प्रीति साह, मन्जु जैसवाल, रेखा साह, परमेश्वर साह,राज कुमार अग्रहरी,चन्चल साह,गौरी शंकर ठाकुर र सुरेश कुमार यादब चयन भएका छन् ।
त्यस्तै सभाले छट पुजा समिती संयोजकमा रबि साह, बोलबम सेवा समितीमा बद्री साह,युबा उपसमितीमा दिपक अग्रहरी, महिला उपसमितीमा रेखा साह तथा संचार संयोजकमा भरत राज शर्मा सर्बसम्मत चयन भएको छ भने कानुनी सल्लाहकारमा अधिवक्ता रबिन्द्र भगत, सल्लाहकार समितीको सम्योजक शिव नारायण साह चयन भएका छन् । उक्त समितिले पुन विभिन्न ७ जातिहरुबाट प्रनिधित्ब हुने गरि थप ७ जनाको समितीमा समेत निर्माण गर्ने समाजका अध्यक्ष महेन्द्र दत्त कायस्थले जानकारी दिए ।


कार्यक्रममा प्रमुख अथिति मधेशी आयोगका केन्द्रिय अध्यक्ष डा. बिजय कुमार दत्तले प्राचीन कालमा मधेसीहरुको इतिहास सर्बश्रेष्ठ रहेको बताए। उनले नेपालको ईतिहासमा मधेसीहरुको योगदान रहेको बताउदै मधेसी आयोगको तथ्यांक हेर्ने हो भने १५० जात मधेसी अन्तरगत पर्ने बताए। सोहीक्रममा उनले ेमधेसी समाजमा भएका बिकृति, बिसंगतीहरुलाई निति नियम बनाई मधेसी आयोगले काम गर्दै जाने कुरा समेत बताएका थिए। यसैगरी कार्यक्रममा कलवार समाजका प्रतिनिधि उदयचन्द्र भगतले मधेसी समाजमा भएका दाइजो प्रथा र छोरिलाई शिक्षा बाट बन्चित गर्ने गरेको प्रथालाई हटाउनु पर्ने बताएका थिए।
कार्यक्रममा समाजका अध्यक्ष महेन्द्र दत्तले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा धरान उच्चका सह प्रध्यापक शिब नारायण साह, पब्लिक हाईस्कुलका प्रधानाध्यापक डा. ईन्द्र मोहन झा, महेन्द्र बहुमुखी क्याम्पस धरानका प्राध्यापक अशोक झा, ईलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्ल लगायतले शुभकामना मन्तब्य राखेका थिए।(दिव्य रोशनी साप्ताहिकबाट)