शनिवार थप ३३८४ जनामा कोरोना संक्रमण पुष्टि, ६१ जनाको मृत्यु

(दिव्य रोशनी)\नेपालमा शनिवार थप ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या पिसीआर परिक्षणबाट ६ लाख ६ हजार ७ सय ७८ र एन्टिजेन परिक्षणबाट १९ हजार ७ सय ५७ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६ हजार २ सय ९५ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ८ हजार ३ सय ६६ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *