जन्मदिवसमा कोभिड प्रभावितलाई राहत प्रदान
मोहनकुमार राई
दिव्य रोशनी (संखुवासभा)\प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालद्धारा चैनपुर नगरपालिका ६ मा कोभिडबाट प्रभावित गरिब, सुत्केरी, गर्भवती, असहायहरुका लागि बिहिबार राहत वितरण गरिएको छ ।
प्राकृतिकश्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले आफ्नो ८ औं जन्मदिवसको अवसरमा चैनपुर वडा नंं ६, भञ्याङ्गखर्कलाई लक्षितगरी राहत वितरण गरिएको संस्थाका जिल्ला स्रोत व्यक्ति अम्बिका गौतमले बताए। राहत वितरण कार्यक्रममा २५ केजीको १ बोरा चामल, २ किलो दाल, २ लिटर खाने तेल, २ किलो नुन, १ किलो चिनी, १ क्यारट अण्डा, ५ वटा साबुन लगायत सेनिटाइजर, सुत्केरीका लागि ज्वानो लगायतका सामाग्री वितरण गरिएको केन्द्रका स्थानीय सहजकर्ता विष्णु कार्कीले बताए। सृष्टीमा उत्पन्न जल, जमिन र जंङ्गलमा उत्पन्न विभिन्न समस्याहरुको बारेमा हेर्दै आएको बताउँदै यो संस्थाले देशको १९ वटा जिल्लाहरुमा बहुसरोकार तथा मेलमिलाप लगायतको सेवा पु¥याउँदै आएको बताए। यो संस्थाले यस अघि जिल्लाका खाँदवारी, सभापोखरी, लगायत विभिन्न स्थानीय तहहरुमा कोभिड प्रभावितहरुलाई राहत वितरण गर्दै आएको सहजकर्ता कार्कीले जानकारी दिए।
कार्यक्रममा चैनपुर नगरपालिकाका नगर उपप्रमुख मुना श्रेष्ठले चैनपुर नगरपालिकाले कोभिड बिरामीको निःशुल्क पिसिआर चेकजाँच तथा उपचारको लागि सेवाप्रदान गर्दै आइरहेको बताईन्। साथै कोभिड महामारीको समयमा राहत वितरण गरेर सहयोग गरेकोेमा संस्थालाई धन्यवाद व्यक्त गरिन् ।
राहत प्राप्त गर्ने चैनपुर नगरपालिका वडा नंं. ६ का धनबहादुर घिसिङ्ग तामाङ एउटै घरमा ३÷४ जना कोभिड प्रभावितको स्याहार गर्दै आएकोमा कुनै रोजगार समेत नभएकोे बताउँदै सहयोगी संस्थालाई धन्यवाद समेत दिए।
राहत वितरणमा वडा नं. ६ का वडाध्यक्ष नेत्रबहादुर डाँगी, वडा सदस्य शिखर शर्मा लगायत जनप्रतिनिधहरुको समेत उपस्थिति रहेको थियो ।

Pingback: buy nembutal online australia
pills that look like viagra Furthermore, these studies do not rule out a role for other vasodilatory mediators as long term regulators of TGF at different durations of disease, because, for example, nitric oxide bioactivity can change over time