स्व. डा. रणशेर राई स्मृति फाउण्डेसनद्धारा श्रष्टाहरुको लेखन शिविर शुरु

दिव्य रोशनी(उदयपुर)/ स्व. डा.रणशेर राई स्मृति फाउण्डेसन उदयपुर गाईघाटद्धारा तिनदिने साहित्य मार्फत पर्यटन प्रवद्र्धन गर्न श्रष्टाहरुको लेखन शिविर कार्यक्रम शुरु भएको छ।
प्रदेश १ सामाजिक विकास मंत्रालयको सहयोगमा शनिवार देखी शुरु भएको लेखन शिविर कार्यक्रमको उद्धघाटन गीतकार तथा साहित्यकार गणेश रसिकले गरेका छन्। कार्यक्रममा फाउण्डेसनका अध्यक्ष (स्व. डा.रणशेर राईका साहिला छोरा) महेन्द्र राईले साहित्य मार्फत १ नं प्रदेशको पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए।
यसैगरी कार्यक्रममा प्रमुख अतिथी साहित्यकार गणेश रसिक, विशेष अतिथी त्रियुगा नगरपालिकाका प्रमुख बसन्त बस्नेत लगायतले स्व. डा. रणशेर राईले समाजमा पुर्याएका योगदानका बारेमा चर्चा समेत गरेका थिए।


प्रदेश १ का १४ वटै जिल्लाका साहित्यकार , पत्रकारहरुको सहभागिता रहेको सो कार्यक्रमलाई उदयपुरका अग्रज पत्रकार तथा साहित्यकार कौशल चेम्जोङले सहजिकरण गरेका छन्।
फाउण्डेसनका अध्यक्ष महेन्द्र राईका अनुसार वि.सं १९८२ साल खोटाङको हलेसी धितुङपन्थेमा जन्मिएका स्व. डा. राई विस. २००१ देखी २०१० सालसम्म बृटिस आर्मीमा रही युद्धका लागी हङकङ, मलेसिया, सिंगापुर र ईण्डोनेसियामा पुगेका थिए। उनले बृटिस आर्मीमा कार्यरत रहदा एलएमपी(हालको मेडिकलमा पिएचडी) गरेका थिए।
सोहीक्रममा स्व. डा. राईले २०११ सालमा खोटाङको हलेसी धितुङ पन्थेमा श्री वुलापन्थे प्रावीको स्थापना गरेका थिए। उनले २०११ सालदेखी २०२० सालसम्म भोजपुर, खोटाङ, सोलु, ओखलढुंगा जिल्लाका बिरामीहरुको उपचारमा निरन्तर लागी परेका थिए। उनी २०२१ सालमा खोटाङबाट उदयपुरको पुरानो गाईघाटमा बसाई सरि आएका थिएभने गाईघाट बजारमा पहिलो पटक मेडिकल पसल खोली मलेरिया रोगबाट ग्रसित बिरामी तथा अन्य बिरामीहरुलाई उपचार गर्न शुरु गरेका थिए।
हालको गाईघाट बजारलाई व्यवस्थित गर्न बजार कमिटीको सचिव भई काम समेत गरेका उनले किरातीहरुको दाहसंस्कार गर्ने (हाल उहाँको सालिक भएको स्थान) स्थानमा बस्ती बसालेका थिए। गाईघाटमा विभिन्न सामाजिक संस्थामा आबद्धरही सक्रिय कृयाकलाप गर्दा गर्दै २०३७ साल जेठ २३ गते धरानको घोपा क्याम्पमा उपचार गर्दा गर्दै उहाँको देहवासन भएको थियो।


कार्यक्रमकै दौरानमा प्रमुख अतिथी, विशेष अतिथी लगायत अतिथीहरुले स्व. डा. राईको सालिकमा पुगी माल्यार्पण समेत गरेका थिए।

2 thoughts on “स्व. डा. रणशेर राई स्मृति फाउण्डेसनद्धारा श्रष्टाहरुको लेखन शिविर शुरु

टिप्पणीहरू are closed.