दोहोरो भत्ता नलिन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको आग्रह

दिव्य रोशनी(गाईघाट)/ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले दोहोरो भत्ता लिने सदस्यहरुलाई सम्झाउँदा उल्टै सर्वोच्चमा आफु विरुद्ध रिट दिएको बताएका छन्।
सो कुरा उनले उदयपुरको गाईघाटमा डा. रणशेर राई स्मृति फाउण्डेशनद्धारा आयोजित साहित्यीक शिविरमा “वर्तमान सन्दर्भमा जनसाहित्य प्रवद्र्धनमा प्रज्ञा प्रतिष्ठानको भुमिका” विषयक दोस्रो दिनको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीको मन्तव्यकोक्रममा बताएका हुन्।
कुलपति राईले आफु प्रज्ञा प्रतिष्ठानमा पुगेपछि असल संस्कारको विकास गर्न दोहोरो भत्ता लिने प्रतिष्ठानका सदस्यहरुलाई एउटा भत्ता छाडिदिनका लागि स्वघोषणा गरिदिन आग्रह गर्दा आफु विरुद्ध उल्टै सर्वोच्चमा रिट निवेदन दिएकोमा गुनासो पोखे। उनले गरीब जनताले दुइ गाँसपनि राम्रो नखाई तिरेको करमा दोहोरो सुविधा लिन नहुने बताउँदै उनले भने “अन्य ठाउँमा पनि पेन्सन खानेलाई त्रिविको भत्ता छाडिदिनुस् या कुन चाहि भत्ता लिनुहुन्छ त्यो दाबी गरिदिनुस् भनि आग्रह गर्दा दोहोरो भत्ता खाने ११ जना सदस्यले सर्वोच्चमा रिट दिए। त्यो रिट निवेदन यति फाष्ट ट्रयाकमा गयो की तुरुन्तै स्टे अर्डर भयो, अहिले उहाँहरुलाई ५१ हजार ४ सय ५४ रुपैयाँ भत्ता दिंदैछौं।”
सोहीक्रममा प्रमुख अतिथी प्रतिष्ठानका कुलपति राईले यसै वर्षदेखि पहिलोपटक प्रतिष्ठानले दुईजना सात्यिक पत्रकारहरुलाई सम्मान गर्ने घोषणा गरिएको समेत बताए। यसैगरी उनले नेपाली वृहत शब्दकोशलाई पछिल्लोचरणमा प्रज्ञा नेपाली वृहत शब्दकोश छापिएको बताउँदै त्यो शब्दकोश माथी सयौं उजुरी आएको बताए। उनले भाषाको हिसाबले मानक भएन, भाषा, वर्ण बिग्रियो भनि उजुरी दिएको बताउँदै त्योभन्दा महत्वपूर्ण कन्टेन्टमै उजुरी आएको समेत बताए। उनले भने–“भाषा, वर्णको मात्र हैन, आदिवासी जनजाति, मधेसी, दलित जातिलाई हेर्ने दृष्टिकोणमा उजुरी आएको छ, त्यसलाई छिटै नै परिमार्जन गर्नुपर्ने अवस्था छ।”
कार्यक्रममा १४ वटा जिल्ला सर्जकहरुले प्रमुख अतिथी कुलपति राई समक्ष प्रज्ञा प्रतिष्ठान प्रतिको गुनासो सहितको प्रश्न राखेका थिए। सो गुनासोलाई प्रमुख अतिथीले जवाफ दिएका दिए।
संस्था नेपाल वाङमय प्रतिष्ठानका अध्यक्ष कौशल चेम्जोङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा फाउण्डेशनका अध्यक्ष महेन्द्र राई समेतको उपस्थिति रहेको थियो।

One thought on “दोहोरो भत्ता नलिन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको आग्रह

टिप्पणीहरू are closed.