आईतवार थप १९२० जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

(दिव्य रोशनी)/ नेपालमा आईतवार थप १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या पिसीआर परिक्षणबाट ६ लाख ३३ हजार ६ सय ७९ र एन्टिजेन परिक्षणबाट ३२ हजार ९८ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ हजार ७ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ५ लाख ८४ हजार ३ सय ३४ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ९ हजार ९ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

6 thoughts on “आईतवार थप १९२० जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *