सोमवार थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जनाको मृत्यु

(दिव्य रोशनी)/ नेपालमा सोमवार थप २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या पिसीआर परिक्षणबाट ६ लाख ३५ हजार १ सय ८८ र एन्टिजेन परिक्षणबाट ३३ हजार ३३ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ हजार ८ सय ५३ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ५ लाख ८८ हजार १ सय ८७ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ९ हजार ५१ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.