भेडेटारमा फुड फेस्टिबल शुरुः जातिय नृत्यले रौनकता थप्यो (भिडीयो सहित)
दिव्य रोशनी(धरान)/ अंग्रेजी नयाँ वर्षलाई मध्य नजर गर्दै प्रदेश नं १ कै रमणिय एवं पर्यटकिय स्थल भेडेटारमा तिनदिने भेडेटार फुड फेस्टिवल शनिवार देखी शुरु भएको छ।
होटल एशोसिएसन भेडेटारको आयोजनामा शुरु भएको फुड फेस्टिबलको उद्धघाटन प्रदेस १ का सांसद निरन राईले गरेका छन्। उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राईले धनकुटा प्रवेशद्धारको रुपमा रहेको सुन्दर पर्यटकिय साँगुरीगढी गाउपालिकालाई पर्यटकिय गाउँपालिका बनाउन प्रदेस सरकार लागीपर्ने बताए। उनले साँगुरीगढीमा रहेका पर्यटकिय क्षेत्रहरुलाई पर्यटन व्यावसायीहरुले बिक्री गर्नसकेको खण्डमा यहीबाट स्वरोजगार मुखी बनी सुखी नेपाल समृद्धि नेपालीको नारालाई पुरा गर्न सकिने बताए।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रदेस सांसद राईले कोरोनाका कारण यसअघिको सरकारले चाहेर पनि गर्न नसकेको बताउँदै अधुरा रहेका पर्यटकिय पुर्वाधारहरु निर्माणका कार्यहरु अब नयाँ सरकारले गर्र्नेे बचन दिए। यसैगरी कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले साँगुरीगढी गाउपालिकाले यसक्षेत्रलाई पर्यटकिय गाउँपालिका बनाउने अभियान शुरु गरेको बताए। उनले आफु निर्वाचित भएर आएपछि यस गाउँपालिकालाई पर्यटकिय गाउँपालिका बनाईने निती अवलम्बन गरिएको समेत जनाए। उनले अब साँगुरीगढी गाउपालिकालाई कृषी र पर्यटनसंग जोडेर महिला दिदीबहिनीहरुलाई उद्यमशील बनाईने र कृषक दाजुभाईहरुलाई आत्मनिर्भर बनाउने अभियानमा लागेको समेत जनाए।त्यसतै उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ लगायतले उद्योगी व्यावसायीहरुले आफ्ना व्यावसायहरु प्रमोसनका लागी यस्ता फेस्टिबलहरु सहायक सिद्ध हुने बताएका थिए।

कार्यक्रममा भेडेटारको प्रचार प्रसारमा योगदान पुर्याएको भन्दै नेपाल टेलिभजन धनकुटाका संवाददाता ईश्वर थापालाई सम्मान गरिएको थियोभने गाउँपालिकाको भवन निमार्ण गर्न जग्गा दान गर्नुहुने धरानका मीन सुब्बालाई कदरपत्र प्रदान गरिएको थियो। फेस्टिबलमा विभिन्न जातजातीका सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो।
अंग्रेजी नयाँवर्षलाई लक्षितगरी होटल एशोसिएसन भेडेटारको आयोजनामा भएको १० औं फुड फेस्टिबल पुष १६ देखी १८ गते सम्म चल्ने आयोजकले जनाएको छ। फेस्टिवलमा भेडेटार क्षेत्रमा पाइने अर्गानिक उत्पादन, कृषि तथा घरेलु उत्पादनहरुको प्रदर्शनी, जातीय खानेकुरा, स्वास्थ्य परिक्षण, बाल उद्यान रहेको छभने हरेक दिन बेलुकी राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बजोड सांगितीक प्रस्तुती रहने बताईएको छ।

सामुद्री सतहदेखी १ हजार ४ सय २० देखि १ हजार ७ सय ५ मिटरको उचाईमा रहेको यस भेडेटार क्षेत्रमा छिनछिनमा नै मौसम बदली भईरहन्छ।यसका साथै सिएनएनको सर्वेक्षणले विश्वको घुम्नैपर्ने १२ आंै स्थानमा भेडेटारको नाम्जेलाई राखेपछि यस ठाउँको नाम अझ चर्चित भएको होटल एसोशिएसनका कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले बताईन्।
साविक भेडेटार गाविस भएपनि अहिले साँगुरीगढी गाउँपालिका धनकुटामा भेडेटार पर्दछ। यहाँ आसपासमा अत्यन्तै आकर्षक पर्यटकीयस्थल शैलुङ डाडाँ, पाथीभरा मन्दिर, शंखेश्वर मन्दिर÷भेडेटार पार्क, पिकनिक स्पट, आत्मघर, थुम्कीमा रहेको सूर्योदय बौद्ध पार्क, सिम्सुवा झरना (नमस्ते झरना), साँगुरी गढी(सायोक),नाम्जे गाउँ होमस्टे, ओख्रे भ्यु टावर, ध्वजे डाडाँ, अजंगको बरको रुख, थाउजेन बिग बुद्ध लगायतका रहेका छन्। महोत्सव अवधिभर भेडेटारदेखि सिमसुवा र नाम्जेसम्मका होटलहरुमा १ करोडको कारोवार हुने र फेस्टिवलमा २० हजार पर्यटक भित्र्याउने लक्ष्य लिएको पुर्व अध्यक्ष विष्णुराज श्रेष्ठले बताए। उनले फेस्टिवल अवधीभर भेडेटारका होटल र लजहरुमा १० प्रतिशत देखी १५ प्रतिशत सम्म छुट गरिएको समेत बताए। (साभारःदिव्य रोशनी साप्ताहिकबाट)
Pingback: societe tennant
Pingback: เซ็กซี่บาคาร่า
Pingback: PG
Pingback: สล็อตเครดิตฟรี
Pingback: สมัคร yehyeh
Pingback: ทีเด็ดฟุตบอล
Pingback: ถอดคลิปเสียงเป็นข้อความ
Pingback: weed delivery torontoz
Pingback: ทดลองเล่นสล็อตเว็บตรงฟรี
Pingback: super kaya 88
Pingback: click to read