टोपी दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान
दिव्य रोशनी(धरान)/ राष्ट्रिय ढाकाटोपी दिवसको अवसमा नेकपा एमाले धरान १३ न वडा कमिटीले ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई ढाकाटोपी दोसल्लाले सम्मान गरेको छ।
आईतवार एमाले धरान १३ नं. वडा पार्टी कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा ६३ जना पुरुष र ७ जना जेष्ठ नागरिकलाई टोपी र दोसल्लाले सम्मान गरेको हो।कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय कमिटी सदस्य मन्जु भण्डारीले यस कार्यक्रमले जेष्ठ नागरिक तथा शारिरीक अपाङगता एवं विशेष क्षमता भएका नागरिकको शिर उठाउने काम भएको बताईन्। साथै आगामी दिनहरुमा पनि सामाजिक कार्यमा निरन्तरता दिन पार्टीलाई सुझाव दिईन्।


कार्यक्रमका विशेष अतिथी प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले जेष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा अझ सामाजिक काममा रचनात्मक रुपमा काम गर्न पार्टी कमिटी लाग्नुपर्ने सुझाव दिए।त्यस्तै पार्टी कमिटीका वार्ड ईन्चार्ज हरि बा कार्कीले पार्टी र पार्टी कमिटी निर्वाचनका बेला मात्रै नभइ जहिले जतिसुकै बेला पनि नागरिकसँग जोडिनुपर्ने बताए।
यसैगरी वडा नं. १३ का वडाध्यक्ष नेत्र काफ्लेले हरेक किसिमका सामाजिक काममा वडा पनि जोडिएको बताउँदै पार्टीहरुले पनि यस्ता सामाजिक कार्य गरिरहेकोमा खुशी ब्यक्त गरे।त्यस्तै पार्टी प्रदेश सचिवालय सदस्य मुरारी सुवेदीले जेष्ठ नागरिकले पार्टीलाई निकै योगदान पुर्याएको बताउँदै जेष्ठ नागरिकलाई सदैव खुशी राख्ने काम आफुहरुको कर्तव्य भएको बताएभने पार्टीका कार्यबाहक अध्यक्ष दिवस प्यारा श्रेष्ठले पार्टीगत रुपमा टोपी दिवसमा जेष्ठ नागरिक मार्फत नै गरिएको यो पहिलो कार्यक्रम भएको बताएका थिए।
पार्टी वडा कमिटीका सचिव विष्णुप्रसाद चौलागाईंद्धारा संचालन गरिएको सो कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष हर्कजङ्ग एभेङ्ग,अनेम संघ १३ नं वडा अध्यक्ष समिता गिरी, युवा संघ धरान १३ का अध्यक्ष बुद्ध राना मगर ,मुक्ती समाज १३ नं वडा कमिटीका अध्यक्ष कृत बहादुर दर्नाल लगायतको उपस्थिति रहेको थियो।
Pingback: image source
Pingback: relax music
Pingback: สั่งดอกไม้ออนไลน์