सुनसरी १ मा प्रतिनिधीसभातर्फ छातालाई २१८ मतको अग्रता

दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार आईतवार दिउसो २ः३० बजेसम्म प्रतिनिधीसभातर्फको ६८ हजार ४ सय १२ मत गणना हुदा जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले १४४२६ मत ल्याएका छन्भने राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) का सरिन (गोमा)तामाङले १४२०८ मत ल्याएकिछिन्। छाता र घण्टीमा २१८ मतको फरक रहेको छ। यसैगरी नेकपा माओवादीको चुनाव चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले ११२६६ मत पाएका छन्।
यसैगरी खरायो(मनोज मेन्याङवो)ले ६७४९ मत प्राप्त गरेको छभने राप्रपाको चुनाव चिन्ह हलोले ६६०९, लाउड स्पीकरले २५४, ढाका टोपीले १८३, कुखुराको भालेले १८६, दाप सहितको खुकुरीले ६७०, ताराले २७१, पानीको फिल्टरले १६२, घन्टाघर(कुमार कार्की)ले १७७९, क्रस खुकुरीले २५७, चापाकलले ११५, तिलहरी ५०, पानीको जारले ३७३७, सुर्यमुखी फुलले १६७६, पुतली ५४, छत्रेटोपी १३१ र सेलरोटीले ३५३ मत ल्याएका छन्।

10 thoughts on “सुनसरी १ मा प्रतिनिधीसभातर्फ छातालाई २१८ मतको अग्रता

टिप्पणीहरू are closed.