बर्डवाइजर मेलोडी कन्सर्टमा मेलिनाको धमाका
![](https://divyaroshani.com/wp-content/uploads/2024/07/nbk-ad.jpeg)
धरान। दशैँ -तिहारको बिचको समय पारी आयोजना गरिएको चर्चित गायक गायिकाहरु सम्मिलित बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ गत असोज २९ गते शनिबार धरानको पब्लिक हाईस्कुलको मैदानमा भब्य रुपमा सम्पन्न भएको छ।
![](https://divyaroshani.com/wp-content/uploads/2024/07/FB_IMG_1720583705919.jpg)
![](https://divyaroshani.com/wp-content/uploads/2024/07/FB_IMG_1720780793468.jpg)
![](https://divyaroshani.com/wp-content/uploads/2022/10/2-1024x681.jpg)
उक्त कन्सर्टमा अहिलेकी सर्वाधिक ब्यस्त गायिका मेलिना राईसंगै धरानबाट उदाएका चर्चित गायक डिल्ली फोम्बो,गायिका सुनिता थेगिम ,गायक शुक्रराज लिम्बु, धरानको ब्यान्ड तपस्वी ब्याण्ड , र भोइस अफ नेपाल चौथो सिजनकी प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुको समेत प्रस्तुति दिएकी थिईन । गायिका मेलीना राईले कम्मरमाथि पटुकी, कुटुमा कुटु , शिरैमा शिरबन्दी, असारे महिना, एक कान दुई कान मैदान , माया बिरानी , तिमीले बाटो फेर्यो हरे,नाच फिरिरी,कसरी–कसरी ,रातो टिका निधारमा जस्ता आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई मनोरंजन दिंदै कन्सर्टलाई समापन गरेका थिए । उनको नृत्य संगै गीत प्रस्तुतिमा दर्शकहरुले उत्तिकै आनन्द लिएको देखिन्थ्यो त्यस्तै डिल्ली फोम्बोले तिम्रो लागि, माईली, तिम्रो सुन्दरता ,म माया लाउँदिन,आउछु म भनेर , कलिलो तामालाई लगायतका गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई आफ्नो भरपुर प्रतिभा प्रदर्शन गरेका थिए। उनलाई धरानको लोकप्रिय तपस्वी ब्याण्डले साथ् दिएका थिए । त्यसैगरी सुनिता थेगीमले बिनायो कंगकंग लोकगीत संगै बाबरी चलचित्रको हिट गीत चुलबुल चुलबुल तिम्रो बानी,आँखामा आउने सपनी र तिम्रो मुटु पनि लगायतका गीतहरु प्रस्तुत गरेका थिए भनेअहिले चलिरहेको लोकप्रिय रियालिटी शो भोइस अफ नेपाल–४ कि चर्चित प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुले ” आजभोली तिमीले हिडनेबाटो मोडयौ र हिउँदोको घाम जसतै लगायतका गीत गाएर दर्शकलाई मननोरञ्जन प्रदान गरेकी थिईन । गायक शुक्रराज लिम्बुले समेत आफ्नो चर्चित गीत तिम्रो कसम , मान्छे लगायतका गीतहरु प्रस्तुत गरेका थिए। सम्पूर्ण कलाकारहरुलाई बिशेष अतिथि समाजसेवी तथा व्यवसायी त्रिभुवन लुङ्गफुङ्गवाले मायाको चिनो प्रदान गरेका थिए ।
![](https://divyaroshani.com/wp-content/uploads/2022/10/9-1024x681.jpg)
एसपी इभेन्ट्स एंड इन्टरटेनमेन्टको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन सम्पन्न भएको उक्त कन्सर्टको मुख्य प्रायोजक बर्डवाइजर बियरसाथै सह – प्रायोजक रुस्लान भोड्का ,रेड्ब्लु इनर्जी ड्रिंक, डिभाईन वाइन,होटल नवयुग,महेन्द्र एक्वा र बिशेष सहयोग एनएच डीडी स्टुडियो हंगकंग र केन्द्र मोशन पिक्चर्सको रहेको थियो। सुन्दर साउण्ड सर्भिसको साउण्ड तथा लाइटले भब्यरुपमा सम्पन्न कार्यक्रम संचालन गोबिन राजभण्डारी र ईक्सा मादेनले गरेका थिए ।
![](https://divyaroshani.com/wp-content/uploads/2024/07/FB_IMG_1720583788343.jpg)
Pingback: golden teacher spores
Pingback: แทงบอล lsm99
Pingback: ควบคุมน้ำหนัก
Pingback: ขายบ้าน
Pingback: สล็อตเว็บตรง
Pingback: Yoga
Pingback: Trust Bet
Pingback: walther mp5 22lr
Pingback: Treesap gummies
Pingback: blote tieten
Pingback: lsm888 ทางเข้าแทงบอล
Pingback: เฟอร์นิเจอร์ outdoor
Pingback: รวมเว็บพนันออนไลน์
Pingback: Racial segregation
Pingback: mancave