एनप्याव्सन महिला पुरुष बास्केटवल शुरुःधरान मेघा, आदर्श, सियोन, कार्मेल र पर्वत सेमिफाइनल प्रवेश 

 

दिव्य रोशनी (धरान)/ राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एनप्याव्सन)को आयोजनामा आयोजित अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा धरान मेघा, आदर्श , सियोन स्कुल, कार्मेल र पर्वत स्कुल सेमिफाइनल प्रवेश गरेको छ।
एनप्याब्सनको खेलकुद सप्ताह अन्र्तगत वुधवार देखि सुरु भएको बास्केटबल प्रतियोगितामा पुरुष तर्फ धरान आदर्शले नवोदयलाई, धरान आदर्शले कार्मेल स्कुललाइ ३७–७ , नवज्योति स्कुलले जुनियर पायनोरलाइ ३७–१८ र लोटसले सियोनलाइ २८–१५ अंगकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । नवोदयले भने मेघा कलेजलाई वाकओभर दिएपछी मेघा सोझै सेफिफाइनल प्रवेश गरेका थिए । यसैगरि महिला तर्फ धरान आदर्शले जुनियर पायोनियरलाइ २५–४, सियोनले मेघालाइ १५–१३, पर्वतले नवज्योतिलाई १७–१५को अंको अन्तरले पराजित गरेका थिए भने युएन स्कुलले कार्मेल स्कुललाइ वाकओभर दिएका थिए ।
बिहिबार हुने सेमिफाइनलमा पुरुष तर्फ मेघा कलेजले धरान आदर्श र नवज्योतिले लोटस संग प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ धरान आदर्शले सियोन र कार्मेलले पर्बत संघ भिड्ने छ ।
प्रतियोगिताका संयोजक एवं धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बुको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको उद्घघाटन प्रमुख अतिथि नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले पानसमा द्धिप प्रज्वलन गरेर गरेका थिए । कार्यक्रममा विशेष अतिथी एनप्याब्सनका केन्द्रिय सचीव राजेन्द्र गुरुङ्ग, प्रदेश १ कोषाध्यक्ष प्रभास राजवंसी, अल्फाबिटाका म्यानेजिङ डाइरेक्टर सन्जिव राई, सुनसरी बास्केटबल संघका कोषाध्यक्ष गौरवमान श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा महिला र पुरुष तर्फ ८/८ टिमले सहभागिता जनाएको छ। धरान बास्केटवल संघको प्रविधिक सहयोग रहेको सो प्रतियोगिताका विजेता तथा उपबिजेता टिमले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको सम्पुर्ण खेल धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा संपन्न हुनेछ।

11 thoughts on “एनप्याव्सन महिला पुरुष बास्केटवल शुरुःधरान मेघा, आदर्श, सियोन, कार्मेल र पर्वत सेमिफाइनल प्रवेश 

टिप्पणीहरू are closed.