२३ औं गोधुली फुटबल रनिङ कपः धरान १४ र ५ नं वडा बिजयी

दिव्य रोशनी(धरान)/ २३ औं संस्करणको गोधुली फुटबल रनिङ कपमा बुधवार भएको खेलमा धरान १४ र ५ नं वडा विजयी बनेको छ।
धरान १६ स्थित धरान रंगशालामा भएको पहिलो खेलमा धरानको ५ नं. वडाले ३ नं. वडालाई ३–१ गोल अन्तरले पराजित गरेको हो। खेलमा धरान– ५ का लागि तिलबिक्रम लावतीले २ गोल र आङछोहाङ लिम्बूले एक गोल गरेका थिए।
उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए। उनलाई नगद १५ सय सहित मेडल पुरस्कार प्रदान गरिएको थियो।
यसैगरी बुधबारै भएको दोस्रो खेलमा धरान १४ ले धरान ६ लाई २–१ गोल अन्तरले पराजित गरेको छ। १४ नं. वडाकालाी साजन राई र सौगात गुरुङले गोल गरेका थिए भने ६ नं. वडाबाट नितेश परियारले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच १४ नं. वडाका विपेन श्रेष्ठ घोषित भए । उनलाई नगद १५ सय र ट्रफि पुरस्कार प्रदान गरिएको थियो ।भोली विहिवारको पहिलो खेल धरान ४ र धरान ११ का बिच हुनेछन्भने दोस्रो खेल धरान ७ र धरान १७ का बिच हुने आयोजक संस्था गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जनाकारी दिए।
प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ। प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार र उपबिजेताले नगद ७५ हजारका साथमा ट्रफि र प्रमाणपत्र पाउनेछन्भने बिजेता उपबिजेतालाई १८ न.ंं वडाका वडाध्यक्ष प्रविण राई र उनका बुवा ध्यानबहादुर राईले पनि थप २५/२५ हजार रुपैयाँ प्रदान गर्ने भएका छन्।
यसैगरी प्रतियोगितामा वेष्ट प्लेयर खेलाडीले नगद १५ हजार, हाईस्कोररले ७ हजार ५ सय, वेष्ट डिफेन्डर, म्यान अफ दि म्याच, वेष्ट गोलकिपर, वेष्ट कोच, वेष्ट स्ट्राईकर, राईजिङ प्लेयर र वेष्ट मिडफिल्डरले जनही नगद ५ हजार ५ सय प्राप्त गर्नेछन्।
यसैगरी प्रतियोगितामा शिर्ष आठ टिमले उप–महानगरपालिकाले आयोजना गर्ने स्व. सुवास राई स्मृति सुपर लिगमा सहभागिता जनाउन पाउनेछन्। प्रतियोगितामा हालसम्म धरान १९ नं. वडा सर्वाधिक ६ पटक विजयी भएको छभने ८ न.ं वडा ४ पटक र ११ र १७ नं. वडा ३/३ पटक विजयी बनिसकेको छ।

11 thoughts on “२३ औं गोधुली फुटबल रनिङ कपः धरान १४ र ५ नं वडा बिजयी

टिप्पणीहरू are closed.