प्रदेश १ स्तरिय अल्फा विटा अन्तर कलेज बास्केटवलः
महिला पुरुष दुबै उपाधी धरान मेघाको कब्जामा

दिव्य रोशनी(धरान)/ धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा भइरहेको प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताको दुबै उपाधि धरान मेघा हिमालयन कलेजले कब्जा जमाएको छ ।
धरान उपमहानगरपालिका प्रमुख मेयर हर्कराज साम्पाङ राईको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा महिला तर्फ सियोन स्कुललाइ २९–११ र पुरुष तर्फ राष्ट्रिय जनसहयोग कलेज इटहरिलाइ ४२–३९ अंकले पराजित गर्दै धरान मेघाले उपाधी माथी कब्जा जमाएको हो । धरान मेघाले उपाधी सङ्गै पुरुष तर्फ नगद ३० हजार र महिला तर्फ २० हजार रुपैया नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। यसैगरि पुरुष तर्फका उपबिजेता राष्ट्रिय जनसहयोग कलेजले नगद २० हजार, महिला तर्फका उपबिजेता सियोन स्कुलले नगद १० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। उनिहरुलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायान सुवेदी, अल्फा बिटा कोयला एजुकेसनका अध्यक्ष लोकेन्द्र श्रेष्ठ , म्यानिजिङ डाइरेक्टर सन्जिब राई, बास्केटबल संघका कोषाध्यक्ष गौरब श्रेष्ठले पुरस्कार बितरन गरेका थिए ।
फाइनल खेलमा महिला तर्फ सहज जित निकालेका धरान मेघा र सियोन स्कुलले प्रत्येक क्वाटरमा ३–१, ६–४, ८–० र १२–६ अंक जोडेका थिए । पुरुष तर्फ अत्यन्तै प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा धरान मेघा हिमालयन र राष्ट्रिय जनसहयोगले १३–१२, १३–७, ७–१४ र ९–६ अंक जोडेका थिए।फाइनल खेलमा धरान मेघाका सितल तामाङले १० र धरान मेघाका युवाहाङ राइले १९ अंक जोडे।
प्रतियोगिताको फाइनल खेल प्रमुख अतिथी मेयर हर्कराज साम्पाङ राइले बास्केटबल सट गरेर गरेको थियो । उनले एकै सटमा बास्केटबल रिङमा बास्केट गरे पछि फाइनल खेल प्राबिधिकहरुले सुरु गरेको थियो।


दिदी भाइले जिते एमभिपी पुरस्कारः
प्रतियोगिताको उत्कृष्ट खेलाडी उपाधी मोस्ट भ्यालुएबल पुरस्कारको उपाधी दिदी भाइले जितेका छन्। धरान मेघा कलेजको १२ कक्षामा अध्यनरत योगेश राइ र ब्याचलर पहिलो बर्षमा अध्यनरत तनु राइले उपाधी जितेका हुन्।उनिहरुले उपाधी सङ्गै नगद २ हजार ५ सय , ट्रफी र प्रमाण पत्र प्राप्त गरे । उनिहरु दुबै जना धरान बास्केटबल संघ सुनसरी बास्केटबल संघको सिफारिसमा छात्रवृत्तमा अध्यन गरिरहेका छन्।
यसैगरि प्रतियोगिताको हाइ स्कोरर उपाधी महिला तर्फ धरान मेघा कलेजका सितल तामाङ घोषित भए। उनले तीन म्याचमा ब्यक्तिगत २५ अङ्क जोडेका थिए । पुरुष तर्फ राष्ट्रिय सनसहयोग कलेजका अस्मिल राई घोषित भए। उनले ४ म्याचमा ४२ अङ्क जोडेका थिए। उनिहरुले नगद २ हजार , ट्रफी र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगिताको उदयिमान खेलाडी धरान मेघाका सबिन राई र सियोन स्कुलका सेरिना लिम्बू घोषित भइन्। उनिहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
प्रकाश पौडेल ३ पोइन्ट कम्पिटिसनः
प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन सम्पन्न भएको थियो। प्रकाश पौडेल ३ पोइन्ट कम्पिटिसनको उपाधि पुरुष तर्फ धरान सिटि कलेजका हेमराज लिम्बू र धरान मेघाका तनु राइले जिते । हेमराजले तीस सेकेन्ड्मा ४ र तनुले ३ बास्केट गरेका थिए। उनिहरुले जनही नगद ३ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । ३ पोइन्ट कम्पिटिसनको प्रायोजक चर्चित कलाकार एव धरानको पुर्व बास्केटबल खेलाडी प्रकाश पौडेलले गरेका हुन्। प्रतियोगिताको पहिलो संस्करणमा समेत पौडेलले नै प्रायोजक गरेका थिए।
सुनसरी बास्केटबल संघको प्राबिधिक सहयोग तथा अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजनमा धरान रंगशाला इन्डोर बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा धरान १८ वडाध्यक्षा प्रबिन राई, १० न. वडाध्यक्ष बिबेक राई, १६ न. वडाध्यक्ष मुरारी भट्टराई, धरान सरोकार समाज अध्यक्ष प्रभु श्रेष्ठ , धरान फुटबल क्लबका अध्यक्ष किशोर राइ लगायतको उपस्थिति रहेको थियो।

6 thoughts on “प्रदेश १ स्तरिय अल्फा विटा अन्तर कलेज बास्केटवलः<br>महिला पुरुष दुबै उपाधी धरान मेघाको कब्जामा

टिप्पणीहरू are closed.