धरान एक्स्पोमा आज र्यापर ‘टुकी’ आउँदै

दिव्य रोशनी(धरान)/ धरान एक्स्पोको छैटौं दिन आज र्यापर निरज मल्ल ठकुरीले साङ्गीतिक प्रस्तुति दिने भएका छन्। उनी ‘टुकी’ नामबाट परिचित छन्।
धरान रङ्गशालामा जारी एक्सपोमा आज बुधवार बेलुका ६ बजेपछि र्यापर टुकीले प्रस्तुति दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए।
उनका ‘सलाम ठोक’, ‘प्राधिकरण ’, ‘गुनासो’, ‘बागमारा’ लगायतका गीत चर्चित छन् ।
पोखराका टुकी सन् २०२२ मा सम्पन्न नेपालको पहिलो र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’का लोकप्रिय प्रतियोगी हुन्। नेपाली र्याप गायनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल टुकीबाहेक एक्स्पोमा आज स्थानीय कलाकार र समूहले आ–आफ्नो प्रस्तुति दिने बताइएको छ ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ गतेबाट जारी एक्स्पो फागुन २० गतेसम्म सञ्चालन हुनेछ।