गायिका हर्षु राईद्वारा पत्रकार प्रविण राईको उपचारमा सहयोग

दिव्य रोशनी(धरान)/ गायिका तथा समाजसेवी हर्षु राईले आफ्नो जन्मदिनको अवसरमा धरानका अग्रज पत्रकार तथा रंगकर्मी प्रविण राईको उपचारका लागि आर्थिक सहयोग गरेकी छिन्।
धरान ९ निवासी अग्रज पत्रकार राईको विगत दुईवर्ष अघिदेखि दुवै मृगौलामा समस्या आएपछि घरमै डाईलासिस गराउँदै आएका छन्। धरान १९ निवासी गायिका तथा समाजसेवी राईले पत्रकार राईको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगद ७ हजार रकम प्रदान गरिएको बताईन्। सो सहयोग रकम उनले आज मंगलबार आफ्नो जन्मदिनको अवसरमा पत्रकार राईकी श्रीमती अन्दिला (श्रेष्ठ) राईलाई प्रदान गरेकी हुन्।
गायिका तथा समाजसेवी राईले यसअघिपनि मृगौला रोगी पत्रकार राईलाई नगद ६ हजार सहयोग प्रदान गरेकी थिईन्। गायिका राईले जन्मदिनको अवसरमा विभिन्न सामाजिक कार्यमा योगदान पुर्याउँदै आएकोमा पत्रकार राईकी श्रीमती अन्दिलाले धन्यवादसँगै जन्मदिनको शुभकामना समेत व्यक्त गरेकी थिईन्।
कार्यक्रममा केक काटेर जन्मदिनको खुसियाली साटासाट गर्दै पत्रकार राईको स्वास्थ्य लाभको कामना समेत गरिएको थियो। कार्यक्रममा धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा,नृत्य निर्देशक नगेन्द्र राई तथा सिल्भर ईन्टरटेन्टमेन्टका डाईरेक्टर सौरभ श्रेष्ठ समेतको उपस्थिति रहेको थियो।

7,939 thoughts on “गायिका हर्षु राईद्वारा पत्रकार प्रविण राईको उपचारमा सहयोग