कुल अफ डेमोक्रेसीद्धारा महासंघलाई मास्क र स्यानिटाईजर प्रदान

दिव्य रोशनी(धरान)/ स्कुल अफ डेमोक्रेसी धरान नगर समितिले नेपाल पत्रकार महासंघ सुनसरीलाई मास्क र स्यानिटाईजर प्रदान गरेको छ ।
डेमोक्रेसीकी नगर अध्यक्ष सुविक्षा राईले महासंघका अध्यक्ष जनकऋषि राईलाई २० हजार रुपैयाँ बराबरको २५ सय पोका मास्क र २० लिटर स्यानिटाईजर प्रदान गरेका हुन् । नगर अध्यक्ष सुविक्षा राईले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको महामारीमा अग्रपंक्तिमा खटिने हुनाले पत्रकारहरुलाई महामारीबाट जोगिनका लागि मास्क र स्यानिटाईजर प्रदान गरिएको बताईन्। उनिले आवश्यक परेको खण्डमा आगामी दिनमा पनि स्वास्थ्य सामाग्री सहयोग गर्ने बताईन्।
डेमोक्रेसीका जिल्ला अध्यक्ष दोर्ची शेर्पाले संवेदनशील अवस्थामा राज्यको चौथौ अंगको रुपमा रहेको पत्रकाहरुले आफ्नो पेशाबाट विचलित नभई सुरक्षित तवरबाट समाचार सूचना प्रवाह गर्न सकुन् भनेर नगर समितिले मास्क र स्यानिटाईजर वितरण गरेको बताए।
महासंघका अध्यक्ष जनकऋषि राईले यस्तो विषम परिस्थितिमा महासंघलाई मास्क र स्यानिटाईजर सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरे। उनले सुनसरीमा हालसम्म १२ जना पत्रकारहरुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी समेत दिए। उनले प्राप्त मास्क र स्यानिटाईजर जिल्लाभरीका पत्रकारहरुलाई वितरण गरिने समेत जनाए।

5,286 thoughts on “कुल अफ डेमोक्रेसीद्धारा महासंघलाई मास्क र स्यानिटाईजर प्रदान

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *