सोमवार थप ९२४७ जनामा कोरोना संक्रमण पुष्टिः २१४ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा सोमवार थप ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ५ हजार ७ सय ६७ जना डिस्चार्ज भएका छन्भने २ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको छ। यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छभने ३ लाख ४५ हजार ५ सय २३ जना कोरोना संक्रमणमुक्त भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.