गोधुली फुटबल रनिङ कपः उपाधीकालागी १५ र १७ नं. वडा भिड्ने

दिव्य रोशनी(धरान)/ धरान १६ लाई हराउदै धरान १७ गोधुली फुटबल रनिङ कपको फाईनलमा प्रवेश गरेको छ।
धरान १६ स्थित धरान रंगशालामा विहिवार भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा धरान १७ ले धरान १६ लाई ३–० गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो। शनिवार हुने फाईनल खेलमा धरान १७ ले उपाधीका लागी धरान १५ संग प्रतिस्पर्धा गर्ने भएको छ। खेलमा धरान १७ का मिलन राईले दुई गोल गरे भने सुशिल राईले एक गोल गरे । खेलको म्यान अफ द म्याच धरान १७ का सुशिल रााई घोषित भए। उनलाई नगद २ हजार ५ सय सहित मेडल पुरस्कार प्रदान गरिएको थियो।


प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ। प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार र उपबिजेताले नगद ७५ हजारका साथमा ट्रफि र प्रमाणपत्र पाउनेछन्भने बिजेता उपबिजेतालाई १८ न.ंं वडाका वडाध्यक्ष प्रविण राई र उनका बुवा ध्यानबहादुर राईले पनि थप २५/२५ हजार रुपैयाँ प्रदान गर्ने भएका छन्।
यसैगरी प्रतियोगितामा वेष्ट प्लेयर खेलाडीले नगद १५ हजार, हाईस्कोररले ७ हजार ५ सय, वेष्ट डिफेन्डर, म्यान अफ दि म्याच, वेष्ट गोलकिपर, वेष्ट कोच, वेष्ट स्ट्राईकर, राईजिङ प्लेयर र वेष्ट मिडफिल्डरले जनही नगद ५ हजार ५ सय प्राप्त गर्नेछन्।
यसैगरी प्रतियोगितामा शिर्ष आठ टिममा पर्न सफल धरान १, ५, ११, १४, १५, १६, १७ र २० ले उप–महानगरपालिकाले आयोजना गर्ने स्व. सुवास राई स्मृति सुपर ८ लिगमा सहभागिता जनाउन पाउनेछन्। प्रतियोगितामा हालसम्म धरान १९ नं. वडा सर्वाधिक ६ पटक विजयी भएको छभने ८ न.ं वडा ४ पटक र ११ र १७ नं. वडा ३/३ पटक विजयी बनिसकेको छ।

7 thoughts on “गोधुली फुटबल रनिङ कपः उपाधीकालागी १५ र १७ नं. वडा भिड्ने

टिप्पणीहरू are closed.