तेस्रो हाम्रो धरान भेट्रान कपः धरान भेट्रान सेमिफाईनलमा भिडियो सहित)

दिव्य रोशनी(धरान)/ लखनपुर भेट्रानलाई हराउँदै धरान भेट्रान फुटबल क्लव धरानमा जारी तेस्रो हाम्रो धरान भेट्रान कपको सेमिफाईनलमा प्रवेश गरेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा आईतवार धरान रंगशालामा भएको खेलमा लखनपुर भेट्रानलाई पेनाल्टी सुटआउटमा ४ का विरुद्ध ५ गोल गर्दै धरान भेट्रान फुटबल क्लव सेमिफाईनलमा प्रवेश गरेको हो। निर्धारित समयको खेलमा दुवैतर्फबाट कुनैपनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा धरान भेट्रानका लागी शिव राई, सचिन्द्र धिमाल, अर्जुन राई, सुमन केसी र भूपेन लिम्बुले गोल गरेका थिए। यसैगरी लखनपुरका तर्फबाट देउमान लिम्बु, पेमा तामाङ र सुवास आङथुप्पोले गोल गरेका थिएभने अजेन तुम्बापोको प्रहार बाहिरिएको थियो। खेलको म्यान अफ दि म्याच धरान भेट्रानका अशोक लिम्बु घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।


प्रतियोगिता अन्तर्गत भोली सोमवारको खेल सिमरा भेट्रान र हाम्रो ईटहरी भेट्रानका बीच दिनको ठिक ३ः३० बजे हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए। यही बैशाख २२ गते हुने उक्त प्रतियोगिताको बिजेताले ट्रफि सहित १ लाख ५ रुपैया र उपविजेताले ६० हजार ५ रुपैया सहित ट्रफि प्राप्त गर्नेछ । त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचले जनही नगद ३ हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले नगद ४ हजार र प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित मेडल र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।
गत बर्ष हाम्रो ईटहरी भेट्रान क्लब विजेता बनेको थियोभने धरान भेट्रान उपविजेता बनेको थियो।