सुवास राई स्मृती सुपर–८ लिगकम नकआउटः धरान १८ विजयी

दिव्य रोशनी(धरान)/ सुवास राई स्मृति सुपर ८ लिगकम नकआउट अन्तर्गत आईतवार भएको खेलमा धरान १८ विजयी बनेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा आईतवार धरान रंगशालामा भएको लिगको दशौंैं खेलमा धरान १८ ले ६ नं वडालाई १ का विरुद्ध ४ गोल गर्दै जित हासिल गरेको हो। खेलमा धरान ६ ले शुरुवाती अग्रता लिएको थियो। जसमा अमन मगरले खेलको १४ औं मिनेटमा पहिलो गोल गरेका थिए। यसैगरी धरान १८ का लागी सुगम जिमीले खेलको ३९ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याईपुर्याएका थिए। मध्यान्तरसम्म १–१ को बराबरी रहेकोमा मध्यान्तरपछि खेलको अतिरिक्त समय ८१ औं मिनेटमा धरान १८ का शैलेन्द्र नेपालले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाएका थिए। यसैगरी धरान १८ का तर्फबाट थप गोल फरेश नेम्बाङ र सुगम जिमीले गोल गरेका थिए। उनिहरुले अतिरिक्त समयको ८२ औं र ८६ औं मिनेटमा गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच धरान १८ का सुगम जिमी घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।


लिग तालिकामा तिन खेल खेलेको धरान १३ नं वडा ९ अंकका साथ लिगको शिर्ष स्थानमा रहेको छ। यसैगरी ३ खेलबाट धरान १८ को ४ अंक छभने दुईखेल खेलेको ११ नं वडा र १७ नं वडाको ४/४ अंक रहेको छ। त्यस्तै धरान १४ नं वडाको ३ अंक छ। त्यस्तै ३ खेलबाट धरान ५ नं वडाको ३ अंक छ। यसैगरी ३ खेलबाट धरान ६ को १ अंक रहेको छ। त्यस्तै दुई खेल खेलेको धरान ८ अंक विहिन छ। प्रतियोगिता अन्तर्गत भोली सोमवार धरान १४ का विरुद्ध धरान ८ नं वडाका बिच दिनको २ बजे खेल हुने म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए।
सुवास राई स्मृती सुपर–८ लिग कम नकआउट प्रतियोगितामा गोधुली रनिङ कप प्रतियोगीताका उत्कृष्ट ८ टीमहरुको सहभागीता रहेको छ। लीगको ग्रुप “ए” मा धरानको वडा नं १४, ८, ५ र १३ रहेको छभने ग्रुप “बि” मा वडा नं ११, १७, ६ र १८ रहेको छ । प्रतियोगिताका बिजेताले ट्रफि सहित नगद २ लाख ५ सय ५५ रुपैया र उपबिजेताले १ लाख ५ सय ५५ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार सहित मेडल प्राप्त गर्नेछन्भने फाईनल खेलको म्यान अफ द म्याचले नगद ३ हजारका साथमा मेडल प्राप्त गर्नेछन्। त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर , सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही नगद ५ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्ने क्लवका अध्यक्ष अशोक राईले बताए।