एनआरटीलाई २४ औं बुढासुब्बा गोल्डकपको उपाधी

दिव्य रोशनी(धरान)÷धरानमा जारी २४ औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको उपाधी एनआरटी फुटबल क्लब काठमाण्डौले जितेको छ।
शनिवार धरान रंगशालामा भएको फाईनल खेलमा एनआरटीले मोरङ फुटबल एशोसिएसनलाई २–१ गोल अन्तरले पराजित गर्दै बुढासुब्बा गोल्डकपको उपाधी जितेको हो। जित संगै एनआरटीले नगद १० लाख सहित मेडल र प्रमाणपत्र पाएको छभने उपविजेतामा सिमित बनेको मोरङले नगद ५ लाख सहित ट्रफि र प्रमाणपत्र पाएको छ। खेलमा एनआरटीका तर्फबाट आफिज ओलाओले र सरोज तामाङले १÷१ गोल गरेका थिएभने मोरङका तर्फबाट एक मात्र गोल उमेश कार्कीले गरेका थिए।
यसैगरी प्रतियोगिताको म्यान अफ दि म्याच एनआरटीका पदम भट्टराई घोषित भए। उनले नगद १० हजार सहित ट्रफि पाए। यसैगरी बेष्ट गोल किपर एनआरटीका पुजन होना, बेष्ट डिफेन्स मोरङका महेन्द्र कार्की, बेष्ट मिड फिल्डर एनआरटीका जय गुरुङ, बेष्ट स्ट्राईकर एनआरटीका शिशिर लेखी, बेष्ट कोच एनआरटीका जीवन सिंकेमान घोषित भए। उनिहरुले जनही नगद २५ हजार सहित ट्रफि र जुत्ता प्राप्त गरेका थिए।
यसैगरी प्रतियोगिताको सर्वाधिक गोलकर्ता एनआरटीका सरोज तामाङ, आफिज ओलाओले र मोरङका उमेश कार्की घोषित भए। उनिहरु तिनै जनाले प्रतियोगितामा २÷२ गोल गरेका थिए। सार्वाधिक गोलकर्तालाई ३५ हजार रहेकोमा १ हजार थप गरी ३६ हजार तिन जनालाई भाग लगाईएको थियो। यसैगरी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी एनआरटीका सनम लिम्बु घोषित हुँदै नगद १ लाख प्राप्त गरे।